Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता यूकेले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता यूकेले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, मंसिर ३, २०८१

लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

462639644_578877431362313_8619490991866054278_n-(1)-1731984671.jpg
सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततीहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्था रहेकोले सोहीबमोजिम ऐन संशोधन गर्नुपर्ने मागसहित आइतबार २ मंसिर २०२४ तदानुसार १७ नोभेम्बर २०२४ मा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीको नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी ज्ञापनपत्र बुझाएको हो ।

467142805_2481551992054697_4619641612411110033_n-1731984687.jpg
ज्ञापनपत्रमा नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१)ले विदेशमा रहेका गोर्खा र निजसँग सम्बन्धित परिवारलाई अप्ठ्यारो परेको तथा अनागरिक बनाउने भएको हुँदा सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने रहेको छ भन्दै ऐन संशोधन गर्ने माग राखिएको छ,' सीएनसीबीका अध्यक्ष थर्क रानाले भने ।

462646034_517273691305822_3776123024124506643_n-1731984712.jpg
ज्ञापनपत्र बुझाउने बेला रक्षामन्त्री मानबिर राई, गृहमन्त्रालयका सहसचिव तथा संविधान संशोधनका संयोजक डा. टोकराज पाण्डे र गृहमन्त्रालय सचिवालयकी कर्मचारी प्रदर्शनी कुमारीलगायत पनि प्रधानमन्त्री ओलीसँगै थिए । नागरिकताको कुरा गृह मन्त्रालयसँग सम्बन्धित भएर प्रधानमन्त्री ओलीले उनीहरुलाई पनि बोलाएका थिए । यसैबीच, सीएनसीबीजी यूकेले नेपालका बाढी, पहिरो पीडितका लागि ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।

462582461_1727296454729505_3148579115684361723_n-1731984735.jpg
प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । प्राकृतिक विपद् र भवितव्यका बेला गोर्खाहरुले सधैं अग्रणी भूमिकामा रहेर सहयोग गरेको भन्दै सीएनसीबीजीले पछिल्लो पटक नेपालमा अविरल वर्षापछिको बाढी, पहिरोबाट प्रताडित नागरिकका लागि सहयोग गर्न अपिल गरेको थियो ।

462560571_629585209402972_643824311684591783_n-1731984790.jpg
सहयोग हस्तान्तरणका क्रममा प्रधानमन्त्री ओलीसँग भूपू गोर्खा सैनिक र तिनका छोराछोरीहरुको नेपाली नागरिकता निरन्तरताको बारेमा पनि छलफल भएको जनाइएको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित]
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित] शुक्रबार, जेठ ३०, २०८२
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्