अल्डरसट। क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीले विगतका जस्तै यस वर्ष पनि सामूहिक भाइटिका तथा देउसीभैलो कार्यक्रम सम्पन्न गरेका छन् । अल्डरसटस्थित एम्पायर हलमा २६ अक्टोबरमा सौहार्दपूर्ण वातावरणमा कार्यक्रम भएको हो ।
समाजका चेलीबेटी प्रमुख लिना कोन्स्यौको अध्यक्षतामा भएको ऐतिहासिक कार्यक्रममा स्वागत मन्तव्य ऐवं हेल्थ एन्ड सेफ्टीबारे विवरण संयोजक अल्पना कौन्स्यौले दिएका थिए । कार्यक्रम सञ्चालन महासचिव ध्रुव कोन्स्यौ र संयोजक अल्पना कोन्स्यौले गरेका थिए ।
शुभारम्भमा चेलीबेटी प्रमुख लिना कोन्स्यौले माइतीका लागि प्रमुखद्वारमा धूप बालेर लागी सुस्वस्थ दीर्घायु एवं उत्तरोत्तर प्रगतिको प्रार्थना गरी परम्परा अनुसार ओखर फुटाएर भव्य स्वागत गरेका थिए । चेलीबेटी विशिष्ट अतिथि लक्ष्मी कोन्स्यौले आशीर्वाद प्रार्थना दिई सम्पूर्ण चेलीले प्रवेशद्वारदेखि भव्य सजावट हल भित्रसम्म ब्यान्ड बाजाका साथ फूलका गुच्छाले भव्य स्वागत गरेका थिए ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालका सल्लाहकार पूर्वएसपी राजेन्द्र गुरुङले विधिवत् पूजापाठको प्रार्थना गरी पूर्वअध्यक्ष नरजंग गुरुङले शुभारम्भ गरेका थिए । प्रमुख अतिथि लक्ष्मी कोन्स्यौ, विशिष्ट अतिथि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका कार्यवाहक अध्यक्ष राम गुरुङ र चेलीबेटी प्रमुख लिना कोन्स्यौले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे ।
तत्पश्चात् विशिष्ट अतिथि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालका सल्लाहकार पूर्वएसपी गुरुङ ऐवं उनकी धर्मपत्नी गीतकार गाजू गुरुङ, प्रमुख संरक्षक जीवन कुमार गुरुङ, संरक्षक तथा पूर्वअध्यक्ष हनेरी लेप्टेन चन्द्र गुरुङ, तमु धीं यूकेका अध्यक्ष हरि गुरुङ र सन्ध्या गुरुङ, पूर्व एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ श्रीमती मञ्जु सीता गुरुङलाई आसनग्रहण गराइएको थियो ।
यसैगरी, चेलीबेटी विशिष्ट लक्ष्मी गुरुङ, सल्लाहकार नन्दकुमारी गुरुङ, चेलीबेटी संस्थापक अध्यक्ष पुनम कौन्स्यौ, निवर्तमान अध्यक्ष राजकुमारी कोन्स्यौ, प्रमुख सल्लाहकार हरि गोविन्द विधान समिति प्रमुख चित्र गुरुङ, संस्थापक सल्लाहकार ऐवं तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ, थमन गुरुङ, सूर्य राम चन्द्र गुरुङ, ज्ञाम गुरुङ, कार्यसमिति सदस्य, माइती दाजुभाई भाउजू, बुहारी, चेलीज्वाईंहरू सम्पूर्णलाई आसन ग्रहण गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका प्रमुख सल्लाहकार हरि गोविन्द गुरुङ, हनेरी लेप्टेटेन्ट चन्द्र गुरुङ, चेलीबेटी सल्लाहकार नन्द कुमारी गुरुङ, संस्थापक संयोजक तथा प्रमुख संरक्षक जीवन कुमार गुरुङ, कार्यवाहक अध्यक्ष राम गुरुङ र चेलीज्वाईका तर्फबाट एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
कोन्स्यौ चेलीबेटी समूह तारा कोन्स्यौ, शान्ति कोन्स्यौ, कीना कोन्स्यौ, प्रतिमा कोन्स्यौ, ज्ञानु कोन्स्यौ र अन्जु कोन्स्यौले मनोरञ्जनात्मक स्वागत नृत्यगरी कार्यक्रम शुरू गरेका थिए । अर्को चरणमा विभिन्न संघसंस्थाबाट नियुक्त एवं सम्मानित व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सोंपाल समाजका अध्यक्ष जगदीश गुरुङ, धमपुस पोखरी समाज यूकेका अध्यक्ष भगवान गुरुङ र गंगा गुरुङ, गोरखा समाज यूकेका अध्यक्ष हेम गुरुङ, कोल्मा बाहकोट समाजका अध्यक्ष चन्द्र गुरुङ र शान्त गुरुङ, मिडिया पर्सनालिटी २०२४ अफ द इयर तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, जयन्ती गुरुङ, आदिवासी जनजाति महासंघ यूकेद्वारा सम्मानित ज्ञाम गुरुङ, तमु समाज यूकेकी अध्यक्ष बिन्दु गुरुङ, बीसीसी यूके आमा प्रमुख जगाना गुरुङ, हर्क गुरुङ, तमु धीं यूके आजीवन सदस्य परोपकारी रात्रि भोजमा सम्मानित आदर्श तमुस्यो, ध्रुव गुरुङ, बिनोद गुरुङ, आदर्श तमुद्वारा सम्मानित खुशीमान गुरुङ, सूर्य गुरुङ, गुड्डु गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, बीसीसी गुम्बाका आमा अध्यक्ष जगन कुमारी र हर्क बहादुर गुरुङ, तमु धीं यूके आजीवन सदस्य रात्रिभोजमा गुरुङ ड्रेस विजेता रुपसुबह गुरुङ, म्याराथन धावक तमु धीं यूकेका निवर्तमान महासचिव कृष्ण गुरुङलाई सम्मान गरिएको थियो ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालका सल्लाहकार पूर्व एसपी राजेन्द्र गुरुङको जीवनी कीना कोन्स्यौले वाचन गरी उनी ऐवं उनकी धर्मपत्नी गीतकार गुरुङलाई सम्मान गरेका थिए । त्यसपश्चात् चेलीबेटी तारा कोन्स्यौले उत्कृष्ट एकल नृत्य प्रस्तुत गरी भव्य मनोरञ्जन दिलाइन् ।
दाजुभाइ, भाउजू, बुहारी, भान्जा भान्जीलाई पूजास्वरूप सामूहिक भाइटिका कार्यक्रममा चेलीबेटी विशिष्ट लक्ष्मी कोन्स्यौले टीका लगाएर आशिष दिएका थिए । चेलीप्रमुख लिना कोन्स्यौ र चेलीबेटी समूहले टोपी पछ्यौरी माला सगुण प्रदान गरेका थिए । माइतीले सामूहिक दक्षिणा प्रदान गरेका थिए ।
महासचिव ध्रुव कोन्स्यौले धन्यवाद मन्तव्य दिएर कार्यक्रम समापन गर्न चेलीप्रमुख लिना कोन्स्यौलाई अनुरोध गरेकी थिइन् । चेलीबेटी प्रमुख लिना कोन्स्यौले निवर्तमान चेलीबेटी स्वर्गीय चन्द्रदेवी कोन्स्यौलाई स्मरण गर्दै चेलीबेटी ऐवं माइतीलाई धन्यवादसहित औपचारिक कार्यक्रम समापन गरेकी थिइन् ।
त्यतपश्चात् नेपालबाट पारिवारिक भेटका क्रममा आएका पूर्वएसपी गुरुङ दम्पतीद्वारा रचित चेलीबेटीप्रति समर्पित तिहार गीतको भव्य प्रस्तुति र छायांकन गरिएको थियो ।
देउसीभैलोका साथै तिहारको झल्को आउने त्रिपासा, झन्डी बुर्जा, फलास पल्टाउने जस्ता खेल पनि खेलाइएका थिए । विदेशको भूमिमा पनि आफ्नो रीतिरिवाज परम्परालाई दिगो र निरन्तरता दिने अभिप्रायले चेलिबेटीद्वारा आयोजित कार्यक्रम भव्य सभ्य ऐतिहासिक बनेको थियो ।
प्रवासमा रहेर पनि (घोताने/घोण्डे) गुरुङ (तमु) चेलीबेटीले यसअघि दुई पटक यस्तो सामूहिक भाइटिका तथा देउसीभैलो गरिसकेका छन् । यस परम्परालाई दिगो राख्न प्रथम पहल गर्नुे निवर्तमान चेलीबेटी स्वर्गीय चन्द्रदेवी कोन्स्यौप्रति समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) दाजुभाइले पनि सन् २०१५ देखि माघे संक्रान्तिको अवसरमा चेलीबेटीलाई हरेक वर्ष सामूहिक भोज (री चमी कै) गर्दै आएका छन् ।