Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Thu 31, July, 2025 बिहीबार, साउन १५, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बीसीसी युकेद्वारा खेन्चेनको बिदाइ तथा टुल्कुको स्वागत
बीसीसी युकेद्वारा खेन्चेनको बिदाइ तथा टुल्कुको स्वागत
पूर्ण गुरुङ
पूर्ण गुरुङ बुधबार, भदौ ८, २०७९

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) ले खेन्चेन घ्युर्मि छुल्त्रिमको बिदाई तथा टुल्कु जिग्मे साम्तेनलाई स्वागत गरेको छ । गत शनिबार २० अगष्टका दिन अल्डरसटस्थित गुम्बामा बिदाई तथा स्वागत गरिएको हो ।

बीसीसी युकेले गत १ अगष्टका दिन आयोजना गरेको छ्योखोर दुचेन पुजाको अवसरमा अतिथिको रुपमा नेपालबाट आएका खेन्चेन छुल्त्रिमलाई बीसीसी युकेले बिदाई बिदाई गरेका हुन् । त्यस्तै, यसअघि बीसीसी युकेको निमन्त्रणामा बेलायत आइसकेका टुल्कु साम्तेनलाई दोस्रोपटक बीसीसी गुम्बामा पुनः स्वागत गरिएको हो ।

खेन्चेन गुरु गत ३० जुलाईका दिन बेलायत आएका थिए भने टुल्कु गत १८ अगष्टका दिन बेलायत आएका हुन् । उक्त दिन उनीहरुलाई औपचारिक रुपमा स्वागत तथा बिदाई गरिएको हो । टुल्कु गुरु एक बर्ष बीसीसी युकेमा रहेर विभिन्न पूजापाठ, बौद्ध दर्शन प्रवचन दिने छन् ।

Sanvi jeeler
Maoustail service

उक्त बिदाई तथा स्वागत कार्यक्रमको पहिलो चरणमा खेन्चेन रिन्पोछे, टुल्कु जिग्मे सामतेन,  काल्जङ्ग, लोपेन नोर्बुले क्षेमा तथा घनचक्र पुजा गरेका थिए । पुजापाठ पश्चात दोस्रो चरणमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले खेन्चेन छुल्त्रिमलाई खादा लगाई बिदाई गरेका थिए भने टुल्कु जिग्मे सामतेनको स्वागत गरेका थिए ।

बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ गुरु समेत रहेका खेन्चेनले बीसीसी युकेले आफूलाई गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । साथै, उनले सेचेन गुम्बा र बीसीसी युकेबीचको सम्बन्ध अझ गाढा हुदै जाने विश्वास व्यक्त गरे । त्यस्तै, हालै बेलायत आइपुगेका  टुल्कु सामतेनले बीसीसी युकेमा आएर फेरी भक्तजनहरुलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सबैमा सुख तथा सम्वृद्धिको कामना गरे ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष तामाङ्गले बीसीसी युकेले बुद्धको चार तीथिमध्येको एक महत्वपूर्ण तीथि दुचेनको अवसरमा आयोजित पूजामा बिशेष सहभागीता जनाइदिएकोमा सिंगो बीसीसी युके र भक्तजनहरुकोतर्फबाट धन्यवाद दिए । साथै, उनले खेन्चेन गुरुबाट बुद्ध दर्शन तथा ज्ञान बुझ्ने र सिक्ने मौका मिलेको बताए । त्यस्तै, बीसीसी युकेको अनुरोधमा पुनः बीसीसी युकेमा आएका टुल्कु साम्तेन गुरुलाई स्वागत गर्दै टुल्कु गुरुबाट बेलायतवासी बौद्धमार्गीहरुले धेरै ज्ञानगुणका कुराहरु सिक्न पाउने विश्वास व्यक्त गरे ।  

उक्त बिदाइ तथा स्वागत कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष काजी शेर्पा, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, उपाध्यक्ष  हर्क गुरुङ, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, महासचिव क्यप्टेन देब घले, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । त्यस्तै, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष दिलमाया गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए । 


प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ 
बेलायतको कार्यक्रम सकेर स्वदेश फर्किए प्रितम गुरुङ  बुधबार, साउन १४, २०८२
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी
तमु धीं यूकेका अध्यक्ष गुरुङ बुद्धिस्ट गुम्बा रेडिङको पूजामा सहभागी बुधबार, साउन १४, २०८२
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा 
धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट १६ मा  बुधबार, साउन १४, २०८२
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने,  ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके
कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउने, ‘मिट एन्ड ग्रीट’ कार्यक्रम गर्ने तयारीमा एनआरएनए यूके बुधबार, साउन १४, २०८२
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो हाङपाङ समाज यूकेको वार्षिक भेटघाट मंगलबार, साउन १३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्