वेल्स २८ अप्रिल २०२४ । नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु मनमाया वाइबा र सविन गुरुङको प्रस्तुतिसहित बेकूकी वेल्सको रमणीय सहर ब्रेकनमा नेपाली नयाँ वर्ष २०८१ भव्य र सभ्य रुपमा मनाइएको छ ।
नेपाली समाज ब्रेकनको आयोजनामा शनिबार २७ अप्रिलका दिन ब्रेकनकै टाउन काउन्सिलको गिल्डहलमा नयाँ वर्ष भेटघाट कार्यक्रमको भएको हो । कार्यक्रमको उद्घाटन वयोवृद्ध धनप्रसाद लिम्बु र समाजका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा नेपाली ख्याति प्राप्त लोकदोहोरी गायिका मनमाया वाइबा र गायक सविन गुरुङले अति उत्कृष्ट प्रस्तृति राखी उपस्थित सम्पूर्णलाई मनोरन्जन प्रदान गरेका थिए |
यस कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय निकायले पनि मद्दत गरेको थियो | धेरै संख्यमा उपस्थित भएका ब्रेकनवासी नेपालीहरुले शुभकामना आदानप्रदान साथै दुवै कलाकारहरुलाई माया र आशीर्वाद दिएका थिए ।
समाजका उपाध्यक्ष पारु श्रेष्ठले संयोजन गरेको कार्यक्रम समाजका महासचिव मीनप्रसाद पाइजाले सञ्चालन गरेका थिए ।
नेपाली समाज ब्रेकनको कार्यसमिति झन्डै पाँच वर्षपछि पुनर्गठन गरी नयाँ वर्ष कार्यक्रम आयोजना गरिएको थियो । स्थानीयहरु र समुदायका अग्रजहरुले समाज पुनर्गठन बारेमा धेरै अनुरोध र आह्वानगरे पछि पुनर्गठन सम्भव भएको समाजका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओले जानकारी दिए । उनले समाजको उद्देश्य भनेको दु:ख परेको बेलामा एकजुट भएर सहयोग दिने, स्थानीय निकायहरु र समाजहरुसँग सहकार्य गरी नेपाली प्रतिष्ठा अझ उच्च बनाउने रहेको बताए ।
स्मरण रहोस्, ब्रेकनमा बसोबास गर्ने नेपालीहरुले ब्रेकन एउटा गोरखा पथ निर्माण, विभिन्न क्षेत्रमा उत्कृष्ट सहयोग गरेबापत नेशनल पार्क अवार्ड, यूके र नेपालकै पहिलो आधिकारिक भगिनी सम्बन्ध 'ब्रेकन र कस्कीको धम्पुस गाउसँग' जोडिसकेको, हालै त्यहाँ रहेको मुख्य संग्रहालयमा नेपाली संग्रहालय कक्ष खडा गरी नेपाली भेषभूषा र इतिहास समावेश गरिएको छ ।
ब्रेकन वेल्स युकेको एउटा ठाउँ हो, जसको नजिकै नेपाली भिलेज युके परियोजना पनि अगाडि बढिरहेको छ | नेपाली समाज ब्रेकनले ब्रेकनलगायत वरिपरिका थुप्रै सहरहरुलाई पनि समावेश गर्ने अध्यक्ष मेजर गुरुङले बताए ।
ब्रेकनमा बसोबास गर्ने नेपालीहरुलाई स्थानीयहरुको अति माया र इज्जत साथै सम्मानको दृष्टिले हेरी अति सहयोग मिलिरहेको अध्यक्ष मेजर गुरुङले सुनाए । शनिबारको नयाँ वर्ष कार्यक्रम बेलुका ५ बजे सुरु भएर हर्ष र उल्लासको साथ झन्डै रातको १२ अन्त्य भएको थियो ।