लन्डन । मार्दीखोला समाज युकेको वार्षिक भेटघाट कार्यक्रम आगामी मे ११ मा कनोट स्कुल अल्डरसटमा हुने भएको छ ।
शनिबार अल्डरसटको ओम रेस्टुरेन्टमा समाजका अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा बसेको अन्तिम बैठकले उक्त निर्णय गरेको हो । बैठकमा उपाध्यक्ष सुन्दर गुरुङले स्वागत मन्तव्य दिएका थिए । सचिव भगवान गुरुङले बैठक सञ्चालन गरेका थिए।
सो अवसरमा निवर्तमान अध्यक्ष धर्मराज गुरुङले कार्यक्रमको रूपरेखाबारे जानकारी गराएका थिए। उनले संस्थाको नेपाल र युकेको अवस्थाको अपडेटसमेत दिएका थिए।
यस्तै, कोषाध्यक्ष चेतबहादुर वर्देवाले समाजको अपडेट सुनाए। बैठकमा कार्यक्रमको प्रमुख अतिथि, अतिथि र खाना तथा पेय पदार्थ, मनोरन्जनबारे वृहत् छलफल भएको थियो। कार्यक्रममा भाग्यचिठ्ठा पनि हुने भएको छ।
शनिबारको बैठकमा निवर्तमान अध्यक्ष धर्मराज गुरुङ, उपाध्यक्ष सुन्दर गुरुङ, सचिव भगवान गुरुङ, कोषाध्यक्ष चेतबहादुर वर्देवा उपस्थित थिए ।
यसैगरी, सल्लाहकारहरू हर्क गुरुङ, खेमसिंह गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, प्रेम गुरुङ, पूर्वअध्यक्ष हिरामान गुरुङ, गणेश गुरुङ, एसके कुमार गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सदस्य दीपक गुरुङ, आमा समूहका अध्यक्ष पवित्र गुरुङ, ओम रेस्टुरेन्टको सञ्चालक विमला तामाङ र अमर तामाङ लगायत सहभागी थिए ।
अन्त्यमा अध्यक्षले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए । त्यसपछि ओम रेस्टुरेन्टमा खाना खाएर सहभागीहरू बिदा भएका थिए । समाजले हरेक वर्ष भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।