लन्डन । फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट युकेको अध्यक्षमा क्या.रि. रामबहादुर पुन सर्वसम्मत चयन भएका छन् ।
शनिबार २४ मार्चका दिन कम्युनिटीको आफ्नै कार्यालयमा सम्पन्न नवौं महाधिवेशनले पुनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष क्या.रि. पुन पूर्वब्रिटिस गोर्खा अफिसर हुन् । सेवानिवृत्त पछि उनी लामो समयदेखि स्थानीय समुदायलगायत विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध छन् ।
बन्द सत्रबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा क्या.रि. रामबहादुर पुन, प्रथम उपाध्यक्ष क्यारि सुमनचन्द्र राई, द्वितीय उपाध्यक्ष ममता गुरुङ, महासचिव डा महा राई, सचिव लिङ्जा राई, कोषाध्यक्ष विक्रम राई र सहकोषाध्यक्ष अवेश राई चयन भए ।
यसैगरी सञ्चार सचिवमा हरिकुमार राई, सहसञ्चार सचिवमा जितभाने पुन, सांस्कृतिक सचिव सुष्मा थापा, सह सांस्कृतिक सचिव गणेश पुन, खेलकुद सचिव भाष्कर राई, सहखेलकुद सचिव सन्तोष गुरुङ, प्रोपर्टी सेक्रेटरी मनबहादुर राई, एसिस्टेन्ट प्रोपर्टी सेक्रेटरी पृथ्वीराज राईलाई जिम्मेवारी तोकिएको छ ।
ज्येष्ठ नागरिक संयोजक क्या रि विष्णुबहादुर सिंह, सह ज्येष्ठ नागरिक संयोजक नर तामाङ, महिला संयोजकमा इन्दीरा राई र सह महिला संयोजक धनु लिम्बू, फुड एन्ड बेभरेज सेक्रेटरी चन्द्रबहादुर शाही, एसिस्टेन्ट फुड एन्ड बेभरेज सेक्रेटरी रमेश राई, युवा संयोजक कुइहाङ लिम्बू र सह युवा संयोजक कञ्चन रोका मगर चयन भएको निर्वाचन आयोजकले जनाएको छ ।
फोक्स्टन नेप्लिज कम्युनिटी केन्टका निवर्तमान अध्यक्ष झपिन्द्र थापाको अध्यक्षतामा भएको महाधिवेशनमा टीकासिंह ठकुरीको नेतृत्व रहेको निर्वाचन आयोग बनाइएको थियो ।
दुई चरणमा सञ्चालन गरिएको अधिवेशनको पहिलो सत्रमा संस्थाको सदस्यता, कम्युनिटीलाई भविषयमा कसरी अगाडि बढाउनेजस्ता विविध विषयमा छलफल गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष क्यारि पुनले अघिल्लो कार्यसमिति, निर्वाचन आयोगलगायत महाधिवेशनमा सहयोगीलाई धन्यवाद दिँदै आगामी आफ्नो कार्यकालमा संस्थाको बृहत्तर हितमा काम गर्ने प्रतिबद्धता जनाए । पहिलो सत्र महासचिव र दोस्रो सत्र निर्वाचन आयोगले सञ्चालन गरेको थियो ।
महाधिवेशनमा फोक्स्टनवासी नेपालीहरुको बाक्लो संख्यामा उपस्थिति थियो । यो संस्था सन् २००५ मा स्थापना भएको हो । फोक्स्टन नेप्लिज कम्युनिटी केन्ट २०२१ मा परोपकारी संस्थाको रूपमा दर्ता भएपछि स्थानीय काउन्सिल र अन्य संघ-संस्थाको सहकार्यमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।