लन्डन । बेलायतको अल्डरसटमा रहेको नेपाली गरगहना पसल न्यु लक्ष्मी ज्वेलर्सले इस्टरको अवसरमा विभिन्न अफर ल्याएको छ ।
सन् २०२४ को इस्टरलाई रमाइलो बनाउनका लागि विभिन्न किसिमका अफरहरू ग्राहकमाझ ल्याएको डाइरेक्टर लक्ष्मी राईले जानकारी दिइन् ।
अप्रिल ५ सम्म चल्ने अफरमा ग्राहकले प्रत्येक खरिदमा इस्टरको एग प्राप्त गर्नेछन् । यस्तै, विभिन्न गरगहनाको बनाउँदा लाग्ने खर्चमा पनि छुट प्रदान गरिएको छ ।
हमेला माला, बेरुवा औँठी र बेरुवा बाला निर्माण गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट प्रदान गरिएको छ । बेलायतमा रहेका ग्राहकका लागि निःशुल्क होम डेलिभरीको समेत प्रबन्ध गरिएको उनले जानकारी दिइन् ।
यसैगरी, रानिहार, मिनीहार, कण्ठ, चुरालगायत आधुनिक तथा परम्परागत गहनाको निर्माण खर्चमा ३० प्रतिशत छुट दिइएको छ ।
राईले बेलायतवासी सबै नेपालीलाई अफरबाट फाइदा लिन आग्रह गरेकी छन् । लक्ष्मी ज्वेलर्समा ग्राहकले आफ्नो रोजाइअनुसार विभिन्न डिजाइनका गरगहना खरिद गर्न सक्छन् । ग्राहकले चाहे अनुसारको डिजाइनमा गरगहना तयार पारिने पनि उनले बताइन् ।
लामो समयदेखि ग्राहकको सेवामा रहेको न्यु लक्ष्मी ज्वेलर्समा अधिकांश अर्डरहरू बेलायतमा आफ्नै कालिगडले तयार पार्छन् । विशेष अर्डर भने अन्य मुलुकबाट पनि ल्याइने गरिन्छ ।
सन् २०१३ मा स्थापना भएको लक्ष्मी ज्वेलर्स गुणस्तर र विश्वसनीयताका कारण बेलायतका धेरै नेपालीको मन जित्न सफल छ ।