लन्डन । ल्हेंगे तमु समाज युकेमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अल्डरसडस्थित थकाली कुजिन रेस्टुरेन्टमा आइतबार ३ तारिख २०२४ सम्पन्न साधारणसभाले अशोक ल्हेंगे तमुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित अशोक तमु प्ये ल्हु संघ युकेका संस्थापक अध्यक्ष हुन् ।
कार्यसमितिको सचिवमा मनोज ल्हेंगे तमु, कोषाध्यक्षमा उपेन्द्र ल्हेंगे तमु र सञ्चार सचिवमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन ल्हेंगे तमु चयन भएका छन् । यस्तै सदस्यहरुमा लोकबहादुर ल्हेंगे, राजन ल्हेंगे, रत्नकुमार ल्हेंगे, लोकेन्द्र ल्हेंगे, लेख ल्हेंगे, रितबहादुर ल्हेंगे, विकास ल्हेंगे र होमबहादुर ल्हेंगे चयन भए ।
विशेष सल्लाहकार प्रो. नारायण ल्हेंगे तमु र प्रमुख सल्लाहकारमा मेजर खुसीमान ल्हेंगे तमु एमभीओ रहने गरी सात जना सल्लाहकारहरु पनि चयन गरिएको छ । सल्लाहकारहरुमा ओमप्रसाद ल्हेंगे तमु, बेमबहादुर ल्हेंगे तमु, टनकु ल्हेंगे तमु, लेखबहादुर ल्हेंगे तमु र रीमबहादुर ल्हेंगे तमु चयन भए ।
टनकु ल्हेंगेको अध्यक्षतामा भएको साधारणसभामा कोषाध्यक्ष उपेन्द्र ल्हेंगेले आर्थिक विषयमा प्रस्ट पारेका थिए ।
साधारणसभामा बेनकुमार ल्हेंगेले समुदायका युवाहरुलाई परिचालन गरेर शिक्षा, संस्कृति र दक्षतामा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । सभामा समाजको विविध विषयहरुमा जनाकारी र छलफल गरिएको थियो । अब समाजले उच्च शिक्षको लागि उत्कृष्ट भएको तर आर्थिक कमजोरले अवसर नपाएका नानीहरुलाई प्रयोजन जुट्याउने र विभिन्न प्रतिकूल परिस्थितिमा परेका समाजसँग आबद्ध भएका सदस्यहरुलाई सक्दो सहयोग दिने कार्यमा अझ सक्रिय हुने निर्णय गरेको जनाइएको छ ।
यस्तै आगामी दिनमा समाजले आयोजना गर्दै आएको वार्षिक भेटघाट कार्यक्रम मात्र आयोजना नगरी युवाहरुलाई सामेल गराई वार्षिक "तीन दिने क्यामिंग कार्यक्रम" को पनि आयोजना गर्ने निर्णय गरिएको छ । ल्हेंगे तमु समाज यूकेले नेपालमा क्रियाशील ल्हेंगे तमु समाज नेपालसँग पनि सहकार्य गरी अघि बढ्ने निर्णय भएको मेजर गुरुङले बताए ।
युकेमा नेपालका विभिन्न स्थानहरुबाट आएका ल्हेंगे तमु समाज युकेका विभिन्न क्रियाकलाप र कार्यक्रममा आबद्ध भएका ९४ ल्हेंगे परिवारहरु छन् ।
ल्हेंगे तमु समाज युकेको स्थापना गर्नुका उद्देश्यहरु, हालसम्म विभिन्न परिस्थितिमा समाजले पुर्याएको योगदानहरु र यूकेको आधुनिक परिस्थितिमा तमुहरुको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनको लागि खेल्नु पर्ने महत्वपूर्ण भूमिकाहरुको बारेमा समाजका संस्थापक अग्रज मेजर खुसीमान ल्हेंगे तमु एमभीओले प्रस्ट पारेका थिए ।