पोखरा । पोखराको दीपस्थित गोर्खा मेमोरियल म्युजियमको गत वर्ष ४२ हजार जनाले अवलोकन गरेका छन् ।
म्यूजियमका म्यानेजर ठकबहादुर पुनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक एवं बाह्य पर्यटक गरी ४२ हजार जनाले अवलोकन गरेका हुन् । कोरोना भित्रिएपछि पर्यटक कमी हुँदै गएकोमा गत वर्ष भने राम्रै पर्यटक आएको उनकाे भनाइ थियो ।
ब्रिटिस गोर्खाहरुको बारेमा सम्पूर्ण जानकारी दिने यो म्यूजियम केआईसिं पुल नजिकै छ । जसले गोर्खालीहरुको सम्पूर्ण जानकारी दिन्छ । बेलायती सेनामा सेवा गरेका लाहुरेहरुको बहादुरीको झल्को दिने यो संग्रहालयमा गोर्खाली सेनाको इतिहास, लाहुरेले युद्धमा प्रयोग गरेका सामग्री, तस्बिर लगायत ५ हजारभन्दा बढी सामग्री देख्न सकिन्छ । नेपाली भर्ति भएको मानिने सन् १८१५ देखि सन् २०१५ सम्म करिब २ सय वर्षको इतिहास छ ।
1701333534.jpg)
दसैं र तिहारमा एक–एक दिनमात्र बन्द हुने यो संग्रहालय अरु बेला सधैं बिहान ८ देखि दिउँसो साढे ४ बजेसम्म घुम्न सकिन्छ । घुम्नका लागि कहिलेकाहीँ त समूहमा आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि घुइँचो नै लाग्छ ।
टिकटदर पनि फरक/फरक तोकिएको म्यानेजर पुनले बताए । जसमा नेपालीको ५०, सार्की राष्ट्रका लागि १५० र अन्य मुलुकलाई २५० रुपैयाँ लाग्छ । समूहमा आउने विद्यार्थीले भने ५० प्रतिशत छुट प्राप्त गर्ने छन् । उक्त समूहका शिक्षकले भने निःशुल्क घुम्छन् । पोखरामा सन् २००४ देखि सञ्चालित यो संग्रहालयको विधिवत् उद्घाटन सन् २००९ मा आएरमात्र गरिएको थियो ।
1701333554.jpg)
क्याप्टेन एकनारायण गुरुङ संस्थापक अध्यक्ष रहेको यो संग्रहालय सन् १९९६ मा काठमाडौंमा सुरु भएको थियो । तर संग्रहालय त्यहाँ नचलेपछि सन् २००१ मा पोखरा सारिएको थियो । पोखरा १७, बिरौटास्थित होटल नेचर ल्याण्डको कम्पाउण्डभित्र भाडामा लिएर सञ्चालन भएकोमा दीपमा भवन निर्माण थालेसँगै सन् २००५ जुलाईबाट सारिएको थियो।
यहाँ ९ जना पूर्णकालीन र १ आंशिक गरी १० कर्मचारी कार्यरत छन् । संग्रहालय संचालनका लागि अध्यक्षको जिम्मेवारी गत अगस्तदेखि क्याप्टेन कर्णबहादुर थापाले जिम्मेवारी लिएका छन्।
1701333578.jpg)
1701333626.jpg)
1701333624.jpg)
1701333620.jpg)
1701333618.jpg)
1701333616.jpg)
1701333615.jpg)
1701333612.jpg)
1701333611.jpg)
1701333675.jpg)
1701333675.jpg)
1701333678.jpg)
1701333678.jpg)
1701333682.jpg)
1701333684.jpg)
1701333685.jpg)
1701333687.jpg)
1701333688.jpg)
1701333691.jpg)
1701333699.jpg)
1701333700.jpg)
तस्बिरहरुः गोर्खा मिडिया