लन्डन । एसियन महिला एसोसिएसन (आमा) यूकेले तीज पर्व मनाएको छ । १० सेप्टम्बरमा अल्डरसटस्थित एम्पायर हलमा भएको कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिता जनाए ।
प्रमुख अतिथि राजदूत पत्नी सुनिता आचार्यले दीप प्रज्ववलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् । सो अवसरमा नेपाली र ब्रिटिश राष्ट्रिय गान बजाइएको थियो । आचार्यले सन् २००६ मा स्थापित एसोसिएसनले नेपाली कला संस्कृति जगेर्ना, महिला सशक्तीकरण र अन्य कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । उनले संस्थाको प्रगतिको कामना पनि गरिन् ।
विशेष अतिथिमा रसमोर बरो काउन्सिलकी डेपुटी मेयर मारा माकुनुरा, उका वेयरकी सिइयो रुबी राउत लगायत थिए।
लेफटिनेन्ट कर्णेल समान्था डजले नेपाली परिवारमा सफल पुरुषको पछाडि एउटा श्रीमतीको ठुलो देन हुने गरेको पाएको बताइन् । संस्थाकी अध्यक्ष विभा गुरुङले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै आमाका गतिविधिबारे प्रकाश पारेकी थिइन् ।
1695137146.jpg)
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा पुन, पल गुरुङ र संगीता गैरेले नृत्य प्रस्तुत गरे । सो अवसरमा अन्जु गुरुङले प्रमुख अतिथिबाट उपहार स्वरुप चित्रकला प्राप्त गरिन् भने वेष्ट ड्रेसको पुरस्कार उका वेयरका तर्फबाट दुर्गा पुन र ललिता गुरुङले पाए ।
वेष्ट डान्सरको उपहार कमला विश्वकर्मा (वेष्ट डान्सर हजुरआमा), निलु मानन्धर (वेष्ट डान्सर आमा), कोपिला मगर (वेष्ट डान्स छोरी) र इभाना कालीकोटेले सान्त्वना पुरस्कार पाए । राफलमा रेविका श्रेष्ठ, कृस्तिका गुरुङ र सुस्मिता गिरीले आधा तोला सुनको उपहार पाए भने जानकी सुनारले पहिलो पुरस्कारवापत छड्के तिलहरी पाइन् । एसियन महिला एसोसिएसन (आमा) ले प्रत्येक वर्ष राफलबाट संकलित रकम च्यारिटी कार्यमा खर्च गर्ने गरेको छ ।
संस्था अध्यक्ष विभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन श्रद्धा गुरुङ र माया केसीले गरेका थिए । उपाध्यक्ष कल्पना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
1695137201.jpg)
1695137197.jpg)
1695137195.jpg)
1695137194.jpg)
1695137244.jpg)
1695137240.jpg)
1695137239.jpg)
1695137237.jpg)
1695137234.jpg)
1695137231.jpg)
1695137229.jpg)
1695137225.jpg)
1695137224.jpg)