लन्डन । नेपालबाट बेलायत भ्रमणमा आएका तीन जना कलाकारलाई तमु प्ये ल्हु संघ युकेले सम्मान गरेको छ ।
अल्डरसटस्थित थकाली कुजिनमा शनिबार सम्मान तथा भेटघाट कार्यक्रम गरी निर्माता, निर्देशक तथा नायक माओत्से गुरुङ, गुरुङ चलचित्रका नायक तथा निर्देशक ताराबहादुर गुरुङ, चलचित्र निर्माता तथा रोधीं टिभिकी प्रबन्धक निर्देशक बालकाशी गुरुङलाई तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ, आमा समूह अध्यक्ष बिष्णु गुरुङलगायतले फेटा, क्रमु, फूल, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेका हुन् ।
तारा, गुरुङ लालीगुराँस सांस्कृतिक पोसाक केन्द्रका सञ्चालक पनि हुन् । माओत्से, गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष, नेपाल चलचित्र निर्माता सघंका आजीवन सदस्य हुन् ।
यसैगरी आमा समूहकी अध्यक्ष बिष्णु गुरुङबाट पनि कलाकारहरुलाई सम्मान गरिएको थियो । कलाकार माओत्सेले नेपालको चिनारी र बालकाशी गुरुङले तमु प्ये ल्हु संघ यूकेको पुरुषहरुलाई नेपालको कोसेली स्वरुप ढाका टोपी लगाई सम्मान गरेका थिए ।
अध्यक्ष रनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपसचिव इन्द्रेश इगोप्छेले संचालन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रनबहादुर, उनकी पत्नि, पूर्वअध्यक्ष जगत प्हच्यु, उपाध्यक्ष पूर्णबहादुर क्रोम्छे तमु, उपाध्यक्ष अमर सिंग त्होर्जे तमु, पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, आजीवन सदस्यहरुको उपस्थिति थियो ।
तस्बिर : किशोर प्ल्हे तमु