Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • सरकार भ्रष्टाचारविरुद्धको अभियानमा छ: प्रचण्ड
सरकार भ्रष्टाचारविरुद्धको अभियानमा छ: प्रचण्ड
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, भदौ १५, २०८०

पोखरा । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा लागेको बताएका छन् । साथै उनले समाजवादी मोर्चा मोर्चामा मात्र सीमित नरहेको स्पष्ट पारे । 

‘भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ । राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ,’ पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ ।’

यसैगरी उनले ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ भन्दै सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा छ भने । ‘मिटरब्याज पीडित गरिब किसानहरूको पक्षमा प्रहार ग¥यौं, ऐन बनायौं, आयोग बनायौं । जनयुद्ध दिवस, सहिद घोषणा ग¥यौ ं। देश र जनताको पक्षमा लिइएका पहलहरू सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्वका छन्,’ उनले दाबी गरे । 

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भइसकेको पनि प्रचण्डले बताए । ‘माधवजीका बारेमा पनि धेरै प्रश्नहरु आइरह्यो तर पहिलो चोटी उहाँ निर्दोष हुनुभयो भन्ने सावित भएको छ । औपचारिक ढंगले सावित भएको छ । फेरि प्रश्न उठाउने ठाउँ रहेन,’ उनले भने, ‘सिआइबीले बयान लियो, बयानबाट मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको छ । सधैँको टेन्सन सकियो ।’

Sanvi jeeler
Maoustail service

जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएकोले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने उनले उद्घोष गरे । 

‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु,’ उनले भने, ‘आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ ।’

उनले यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको दाबी गर्दै उनले राजनीतिक मोर्चामा पनि आफूहरु सफल अवतरण गरिरहेको बताए । ‘समाजवादी मोर्चा कुनै आवेगमा बनाइएको होइन, सानो उद्देश्य लिएर बनाइएको पनि होइन, निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन,’ उनले भने, ‘यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो ।’

उनले भने, ‘धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौं । विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो । माधवजी पनि एउटै पार्टीमा काम गर्नुभया । मलाई खुसी छ । सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्प रहेको छ ।’ उनले समाजवादी मोर्चाबाट सकेसम्म जनमुखी काम गरिरहेको प्रचण्डले दाबी गरे  

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कसैको विपक्षमा नभई देश र जनताको हितमा अगाडि बढ्न चाहेको बताए । 

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादीलाई जेल पु¥याउने षड्यन्त्र भएपछि आफूहरु एउटै मैदानमा जोडिएको बताए । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मातृभूमि नेपाल
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग शुक्रबार, मंसिर १९, २०८२
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना मंगलबार, मंसिर १६, २०८२
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित मंगलबार, मंसिर १६, २०८२
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन सोमबार, मंसिर १५, २०८२
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक सोमबार, मंसिर १५, २०८२
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने आइतबार, मंसिर १४, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्