लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ् युकेमा प्राणप्रतिष्ठा गरिएको मूर्तिहरुको भाद्र शुक्ल अष्टमीको दिन पूजाआजा गरिएको छ । २४ अगस्टमा भगवान्को त्रिकाय प्रतिमाको मुलगुरु खेन् रिन्पोछे शिरलामा गुरुङको अगुवाइमा खेन रिन्पोछे दशरथ गुरुङ, खेन रिन्पोछे रनबहादुर गुरुङ, लामा भिक्षु किसन घले र लामा काजी गुरुङको उपस्थितिमा विधिपूर्वक प्राणप्रतिष्ठ (रब्ने) पूजा गरि मूर्तिको आँखा खोल्ने कार्यक्रम भएको हो ।
नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई बेलायतमा समेत मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकतासहितको कर्मकाण्ड विधि परम्परालाई जिवन्त राखी पुस्तान्तरणको उद्देश्यले बुद्ध जयन्तीको दिन ५ मे मा विश्व प्रशिद्ध महामहपोध्यय खेन्छेन पेमा शेरब रिन्पोछेको बाहुलीबाट भूमिशोधन तथा प्राणप्रतिष्ठा, पूजा अनुष्ठान गरिएको थियो ।
साढे पाँच फिट अग्लो सुनको जलप लगाएको भगवान्को विशाल प्रतिमाहरु बिचमा बुद्ध अमिताभको प्रतिमा र प्रतिमालाई दैनिक पानी चढाउने तिंग सेट (७ वटा) मेजर जयबहादुर गुरुङ, श्रीमती रामकुमारी गुरुङबाट प्रायोजन गरिएको थियो । दायाँतर्फ आर्य अवलोकितेश्वर तमु धिं युकेका पूर्व अध्यक्ष कमल गुरुङ र एनआरएनए युकेका पूर्व अध्यक्ष पुनम गुरुङबाट आमा स्व. लालशोभा गुरुङको पूण्य स्मृतिमा प्रायोजन गरेका थिए । बायाँतर्फ गुरु रिन्पोछे पद्मसंभवको प्रतिमा मेजर उदयबहादुर गुरुङबाट आफ्नो श्रीमती स्व. बुद्धिलक्ष्मी गुरुङको पुण्य स्मृतिमा प्रायोजन भएको हो ।
अन्य मूर्तीहरु पनि विभिन्न व्यक्तिहरुले प्रायोजन गरेका हुन् । जसमा आर्य अवलोकेश्वरको मूर्ती ले. जसबहादुर गुरुङ, झम्बला (कुवेर) को मूर्ती पदमबहादुर गुरुङ र श्रीमती गजकुमारी गुरुङ, तारादेवीको मूर्ती श्रीमती भाइखु गुरुङ, बज्रसत्वको मूर्ती क्या. खर्कमान गुरुङ/श्रीमती समिना गुरुङ र झलकवीर गुरुङ÷श्रीमती सगुन गुरुङ, आर्य मन्जुश्रीको मूर्ती रेशमबहादुर/श्रीमती देवी गुरुङ र नारायणबहादुर गुरुङ÷श्रीमती भीमकुमारी गुरुङ, गुम्बा भित्र राखिने स्तूपा ट्रस्टी श्रीमती मीना गुरुङको माइती सपरिवार, ५ फिटको मण्डला भूम्दी टूनारा दाजुभाइ दिदीबहिनी परिवार, ७ फूटको म्हाने खोर्लो अध्यक्ष खेमबहादुर गुरुङ÷श्रीमती कृष्णाकुमारी गुरुङ, बत्ती बाल्नेघर स्व. हरि÷पूर्ण परिवार, ७ फूटको गुरुरिम्पोछे मूर्ती, रेडींग म्हनेपा संघ, गुम्बाको मूलढोका श्रीमती जगनकुमारी गुरुङ, मिर्ग र धर्मचक्र श्रीमती पूर्णसुवा गुरुङ, चन्द्रमान गुरुङ÷श्रीमती राधा गुरुङ, सूर्यमान गुरुङ÷श्रीमती बीना गुरुङ र गूजर श्रीमती मीनकुमारी गुरुङ, १ फूटको तारादेवीको मूर्ती किमबहादुर गुरुङ र श्रीमती इन्द्रकुमारी गुरुङले दिएका हुन् ।
गुम्बा भित्र राखिने चाँदीका सामानहरु र अन्य सामग्रीहरु गुम्बा परिवार लगायत बेलायत भित्र र बाहिरका थुप्रै मनकारी दाताहरुको सहयोग उपलब्ध भएको थियो ।
यो मन्दिरमा १२ ट्रस्टीहरु इ. खेमबहादुर गुरुङ (अध्यक्ष), ले. जसबहादुर, मे. जयबहादुर गुरुङ एमभिओ, कृष्णबहादुर गुरुङ (उपाध्यक्ष), नरबहादुर गुरुङ (उपाध्यक्ष), श्रीमती रजनी गुरुङ (आमा अध्यक्ष), चन्द्रमान गुरुङ (प्रोपर्टी को–अर्डीनेटर), उषा गुरुङ, मे. बुद्धीबहादुर गुरुङ (कोषाध्यक्ष), कमल गुरुङ (महासचिव), भीमकुमारी गुरुङ र मीना गुरुङ छन् ।
गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुङले गुम्बाका अध्यक्षसहित १२ जना मुख्य ट्रस्टीहरु, ३ जना ठूला मूर्ती दाता प्रत्येकलाई १÷१ वटा झम्बला (कुबेर) को मूर्ती र अन्य मूर्ती र सामग्री दातालाई खादा लगाएर सम्मान गरिएको थियो ।
गुम्बा किनेबाट हालसम्म दिनहुँजसो गुम्बामा अनवरत सेवा गर्दै आएका दिलबहादुर गुरुङलाई १ तोलाको सुनको औठी र खाताले सम्मान गरे ।
अध्यक्षलगायत ३ वटा मूर्तीदाताहरुले बत्ती बाली शुरु गरिएको उक्त प्राण प्रतिष्ठा पूजामा, महासचिव कमल गुरुङ र सचिव युवराज गुरुङले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष नरबहादुर गुरुङले स्वागत मन्तव्य गरेका थिए ।
तमू धीं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए युके पूर्व अध्यक्ष श्रीमती पूनम गुरुङ, डाइमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङ र तमू धीं यूके ह्याम्पसायरका अध्यक्ष उत्तर बहादुर गुरुङले गुम्बा परिवारलाई बधाइ ज्ञापन गरेका थिए ।
गुम्बाका अध्यक्ष इ. खेमबहादुर गुरुङले धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।
हेरौं फोटोहरु,