लन्डन । नेपाली सफल व्यवसायीहरुले बेलायतको क्याम्बर्लीमा आइतबार २० अगस्टदेखि एभरेस्ट वर्ल्ड फुड्स सुपरमार्केट र एभरेष्ट स्पेसालिटी क्याफे सञ्चालनमा ल्याएका छन् ।
एभरेस्ट क्यास एन्ड क्यारी होलसेल ग्रुपले स्थानीय मेयरबाट ग्रान्ड ओपनिङ गराएर एभरेस्ट सुपरमार्केट र क्याफे सञ्चालनमा ल्याइएको हो । ग्रान्ड ओपनिङ कार्यक्रममा दिनभरजस्तै सुपरमार्केट र कपी सप व्यस्त देखिन्थे । ग्राहकहरु र शुचभिन्तकले सञ्चालकहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त ग्रुपले अल्डरसटमा बुद्ध स्टोर्स्, ह्यारोमा एभरेस्ट स्टोर्स् जस्ता व्यवसायहरुलाई जारी राखेका छन् ।
ग्रुप सदस्यरहेका एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङले नयाँ व्यवसाय सुरुआत गर्न पाउँदा खुसी लागेको भन्दै सफल हुने विश्वास व्यक्त गरे । 'सुपरमार्केटमा यो हाम्रो पहिलो प्रयास हो । हामी गौरव महसुस गरिरहेका छौं । टिमका सबै साथीहरु एक्साइटेड छौं । कुनै पनि व्यवसाय सञ्चालनका लागि टिमवर्क आवश्यक हुन्छ । जसकारण एकदमै हामी ह्याप्पी छौं । यो क्षेत्रमा सबभन्दा राम्रो हुन्छ भन्ने फिल गरिरहेका छौं,' उनले भने ।
अर्का डाइेक्टर एबी (आशबहादुर) गुरुङले ग्राहकको चाहना अनुसार एभरेष्ट वर्ल्ड फुड्स सुपरमार्केट र कफी सप खोलिएको बताए । उनले अर्को महिना होससेल ब्रान्च पनि खोल्ने तयारी रहेको जानकारी दिए । सुपरमार्केट पनि यत्तिमै नरोकिने उनको भनाइ छ ।
नयाँ सुपरमार्केटमा सबै खालको ग्राहकलाई लक्षित गरी ओरिन्टल प्रोडक्स्, ब्रिटिस, भेजिटेबल, अफ्रिकन, इंग्लिस, चाइनिज, कोरियन, जापानिजलगायत विभिन्न देशका प्रोडक्ट पाइने उनले जानकारी दिए । त्यस्तै खानाको हिसाबले तरकारी, मासु साथै पेय पदार्थ पनि एभरेस्ट फुड्स्मा पाइन्छ ।
कफी सपमा विभिन्न परिकारका कफीसँगै बबल टी, केक, आइसीक्रिमलगायत पनि राखिएको सञ्चालकहरुले बताएका छन् । कफी सपमा एकैपटक ४० जना ग्राहक अटाउने क्षमता रहेको समेत जनाइएको छ ।
एबी गुरुङले सल्लाह सुझावको अपेक्षा समेत राखेका छन् । 'हजुरहरुका लागि एउटा बिजनेस गरिरहेका छौं । हामीले सक्दो गरिरहेका छौं । त्यसमा कति राम्रो भयो होला । नराम्रो भयो होला पनि । सल्लाह सुझावको अपेक्षा गर्दछु । कमीकमजोरी औंल्याइदिनु होला,' उनले भने ।
यस्तै सूर्य गुरुङले पनि सुझाव, माया र आशीर्वाद दिन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गरेका छन् ।