लन्डन । २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बेलायतमा आइतबार भव्यरुपमा मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) सहित विभिन्न संस्थाले अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिको सम्मान, झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम समेत गरियो ।
नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा र एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा, किराँत राई यायोक्खाका अध्यक्ष मेजर योगेश राई, मगर संघ युके अध्यक्ष सीता पुन मगरले संयुक्तरुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरिन् ।
समारोहमा न्यू लक्ष्मी ज्वेलर्सकी डाइरेक्टर लक्ष्मी राई र फोनिज युके अध्यक्ष गोमा रानामगर वुमन अफ दि इयरबाट विशेष सम्मानित भए । यस्तै, सत्याग्रहका अभियन्ता ज्ञानराज राई र सञ्चारकर्मी अमृत थेपेलाई म्यान अफ इयर अवार्ड दिइयो ।
प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गरिन् ।
नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा प्रमुख वक्ता थिए ।
नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पाले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । उनको अध्यक्षतामा भएको कार्यक्रमको नेफिन युके महासचिव बिमला सेनीले सञ्चालन गरेकी थिइन् ।
1691955194.jpg)
उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके), नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ बेलायतले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।
‘विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभूषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्धन गरौं’ नारासहित विश्वभर २९ औं अन्तर्राष्ट्रिय जनजाति दिवस मनाइएको हो।

1691955627.jpg)
1691955944.jpg)
1691955942.jpg)
1691955939.jpg)
1691955936.jpg)
1691955934.jpg)
1691955933.jpg)
1691956030.jpg)
1691956845.jpg)
1691956843.jpg)
1691956841.jpg)
1691956836.jpg)
1691956836.jpg)
1691956831.jpg)
1691956830.jpg)
1691956828.jpg)
1691956827.jpg)
1691956823.jpg)
1691956822.jpg)
1691956820.jpg)
1691956815.jpg)
1691956815.jpg)