लन्डन । बेलायतमा २६ अगस्टमा आयोजना हुने चौंथो प्रतिभा नक्षत्रको तयारी तीव्र पारिएको छ । बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने मूल लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो ।
जसमा बेलायतबाहेक युरोपको अष्ट्रियाबाट समेत प्रतियोगीले भाग लिने छन् । बाल र युवा समूहले भाग लिने प्रतियोगिताको आवेदन अगस्ट १५ सम्म खुला रहेको आयोजक प्रतिभा नक्षत्र यूकेका परिकल्पनाकार राजेन्द्र खसले बताए । उनका अनुसार प्रतियोगी आउने क्रम जारी छ ।
निर्णायकमा आर्यन नकर्मी (नेपाल), स्यान्डी भण्डारी (अष्ट्रिया), प्रकाश श्रेष्ठ ( नेपाल), श्रद्धा अर्याल (कान्तिपुर मिडिया), लक्ष्मी खतिवडा (गोरखापत्र दैनिक), चर्चित टिभी पत्रकार टीकाराम यात्री र विश्वकिताब जात्रा अध्यक्ष ऋषिराम अधिकारी हुने छन् ।
कोरियोग्राफरमा दिलु थापा, तुलसी मानन्धर, रोजेन दर्नाल, भावना बुढाथोकी, भाविका लोप्चन र ममता श्रेष्ठ छन् ।
आयोजक प्रतिभा नक्षत्र यूके अध्यक्ष सिम्मी पुनले विगतभन्दा झन् बढी व्यापक, समावेशी र उपलब्धिपूर्ण बनाउन आफ्नो टीमले मेहनत गरिरहेको जनाइन् ।
संरक्षक मनीषकुमार श्रेष्ठले बेलायतवासी सबै नेपाली, संघसंस्था र सिंगो समुदायबाट सहयोग मिल्ने आशा व्यक्त गरे । आयोजकले सबैलाई सकभर मौलिक नेपाली पहिरनमा सजिएर आउन आग्रह गरेको छ ।
प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा बिहान ११ देखि बेलुका ८ बजेसम्म कार्यक्रम सञ्चालन हुने तय भएको आयोजकले जनाएको छ ।