लन्डन । तीन दोभान समाज तनहुँ यूकेको १४ औं वार्षिक भेटघाट कार्यक्रम एवं रमाइलो बार्विक्यु शनिबार सम्पन्न भयो।
संस्थाका ज्येष्ठ नागरिक थमबहादुर गुरुङले उद्घाटन गरेको कार्यक्रम समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा सचिव सूर्य गुरुङले स्वागत मन्तव्य व्यक्त गरे ।
सो अवसरमा नेपालबाट भ्रमणमा आएका समाजको सम्बन्धित आफन्तहरु लगायत समाजमा सामेल हुन चाहने नव सदस्यहरुको खादाअबिरले आभिवादन गरेका थिए ।
बेलायतमा बसोबास गर्ने मादी–मस्याङ्दीदेखि उत्तरी भेगका वासिन्दाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमा कलाकार देवी घर्ती र सन्तु थापाको प्रस्तुतिले रौनक छाएको थियो ।
चर्चित लोक पप ब्यान्डका मुख्य भोकलिष्ट र म्युजिसियन डिजे दिपु गुरुङको संगीत संयोजनमा स्थानीय कलाकारहरुले समेत दर्शक झुमाए ।
थुप्रै जिन्सी सामान, नगद र एक तोला सुनसम्मको पुरस्कार प्रायोजन गर्ने प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरियो ।
यसैबीच, सो अवसरमा पुरानो कार्यसमितिको बिदाइ र नयाँ पदाधिकारीहरु, सल्लाहकार र आमा समूहको स्वागत गरिएको छ ।
१५ अप्रिलको वार्षिक बैठकबाट गिरीप्रसाद गुरुङ टिमले नेतृत्व सम्हालेको हो । जसमा उपध्याक्ष सुशील गुरुङ, सचिव सूर्य गुरुङ, कोषाध्यक्ष बुद्धिमान गुरुङ, मुख्य सांस्कृतिक संयोजक विजय गुरुङ लगायत अन्य सदस्य छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुने समाजका सदस्य लोकेन्द्र गुरुङ ‘लोकेन’ बताए ।