लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्व हित काजी गुरुङले सम्हालेका छन् ।
११ औं महाधिवेशनको अन्तिम मतपरिणाममा अन्य २ प्रतिस्पर्धीलाई पाखा लगाउँदै हितकाजी वर्ष २०२३–२५ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी घोषणासभामा हित काजीले १४७९ मत ल्याएर चुनाव जितेको घोषणा गरियो । उनका निकटतम् प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ मत ल्याए ।
तमूधिं यूकेका निवर्तमान अध्यक्षसमेत रहेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुमा आवद्ध हुँदै आएका सामाजिक अभियन्ता हुन् । उनी यसअघि एनआरएनए यूकेको कार्यसमिति सदस्य थिए ।
कार्यसमिति उपाध्यक्षमा सुरेश परियार, रवीन्द्र कँडेल, इन्दिरा खानियाँ सपना (महिला), लिलाराम निउरे (नर्दन आयरल्याण्ड), कृष्णप्रसाद भण्डारी (वेल्स), मनिष खत्री (स्कटल्याण्ड) निर्वाचित भए ।
महासचिवमा गोविन्द शर्मा खरेल निर्वाचित भए । सचिवमा तिलक भट्टराई र सरोज थापा, महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा बिष्णु खरेल, सहकोषाध्यक्षमा हेम गुरुङ, युथ कोर्डिनेटरमा सुदीप शाही, महिला संयोजकमा रोजिना गुरुङ चयन भएकी छन् ।
सदस्यहरुमा नारायण गिरी, विनिता बस्नेत, मानबहादुर राई, सन्दीप पुडासैनी, राम थापा, मिलन केसी, गंगाबहादुर क्षेत्री, काशीराज बोहरा, मोहनलाल ओली निर्वाचित भए ।
नर्दनआयरल्याण्ड राज्य समवन्य समिति अध्यक्षमा बलबहादुर थापा, वेल्सको अध्यक्षमा विभुषण श्रेष्ठ, स्कटल्याण्डको अध्यक्षमा दिवाकर पाण्डे र इङ्ल्याण्डको अध्यक्षमा शम्भूप्रसाद अर्याल चयन भए ।
उनीहरुलाई एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, उपमहासचिव रामशरण सिम्खडा, युरोप संयोजक दयानिधि सापकोटालगायतले बधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए ।
साथै, एनआरएनए आईसीसी सदस्यमा लेप्टन चन्द्रबहादुर गुरुङ, डिलरास गुरुङ, सुनिलबाबु खड्का र विष्णु चालिसे चयन भए ।
कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्का, अध्यक्षका प्रत्यार्थी डा. नारायण कंडेल, दिनेश घिमिरे, प्रवासी नेपाली संघ युकेका अध्यक्ष तुङ्गाभद्र भुषाल, एनपीसीसी अध्यक्ष युवराज गुरुङ, आईसीसी सदस्य राजेन्द्र पुडासैनी, मिडिया संयोजक चिरन शर्मा, युरोप उपसंयोजक दयानिधि सापकोटा, आईसीसी उपमहासचिव रामशरण सिंखडा, उपाध्यक्ष डा. हेमराज शर्मा, अध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष गुरुङलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुको सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।
घोषणासभामा नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले निर्वाचन समिति, मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिदैं एनआरएनए युकेलाई अझ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन समिति संयोजक चिरन्जीवी ढकालको संयोजकत्वमा सम्पन्न उक्त घोषणासभामा निर्वाचन समिति हरि गुरुङले स्वागत र अर्का सदस्य विपिन निरौलाले कार्यक्रम संचालन गरेका थिए ।
शनिबार कुल ४ हजार १ सय ८३ मतदानामध्ये अनलाइन भोटिङमा ३ हजार ७ सय २८ मत खसेको थियो ।