लन्डन । धार्मिकसंस्था थाउजेन्स बुद्ध युकेको अध्यक्षमा पुन: मेजर समुन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् ।
थाउजेन्स बुद्ध युके च्यारिटीको यही १६ जुलाई २०२३ मा कम्युनिटी हल, पालमर पार्क रिडिङमा भएको पहिलो अधिवेशनले मेजर समुन्द्र गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै आमा समूहको अध्यक्षमा कान्ती लामा सर्वसम्मत निर्वाचित भएकी छन् । नयाँ कार्यसमितिले हिज ईमेनन्स गुरू डुप्सेन रिम्पोचेको हातबाट सम्मानित भई च्यारेटीको हितमा काम गर्ने शपथ खाएका थिए ।
अधिवेशनमा काउन्सिलर धन सार्की, तमुधिं युकेका अध्यक्ष हरि गुरुङ, ग्रेटर रेडिङ नेप्लिज एसोसिएसनका उपाध्यक्ष उदय धिसिङ, शक्या लिंगका अध्यक्ष पूर्ण पाख्रिन, तामाङ धेदुङका प्रतिनिधि लाखमान तामाङ, सिनियर ट्रष्टी क्याप्टेन चन्द्रबहादुर पुन र हिज ईमेनन्स गुरू डुप्सेन रिम्पोचेहरूले शुभकामना मन्तव्य दिएका थिए ।
पुन: निर्वाचित अध्यक्ष मेजर समुन्द्र गुरूङले सबै अगन्तुक पहुना, भेलामा उपस्थित सदस्यहरू र पुरानो कमिटीलाई धन्यवाद ज्ञापन गरे । भेला र नयाँ कमिटीलाई गुरू डुप्सेन रिम्पोचेले आशीर्वाद र मिठो धर्म दर्शन दिएर उपस्थित संस्थापक सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । त्यसपश्चात् गुरूले आफूलाई भक्तजनहरूले चढाएको रकम सबै संस्थालाई बुझाई आफू संस्थापक सदस्य बनेका थिए ।
रिम्पोछेसँगै ङिमा शेर्पा र श्रीमती छिराज शेर्पा, धनबहादुर बल र श्रीमती डम्बरी घिसिङ तामाङ, रविन र श्रीमती बिमला बान्तवा तथा टीकाराम गुरुङ र श्रीमती ललिता तामाङ संस्थापक सदस्य बनेको थाउजन्स बुद्ध युकेका महासचिव धन तामाङले जानकारी दिए ।