लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको १० औं वार्षिकोत्सव भएको छ ।
बेलायतको अल्डरसटस्थित द प्यालेसमा आइतबार समारोहमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजाति लगायत नेपाली समुदायहरुको सचेतीकरणका लागि फोनिजले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले बेलायतको नेपाली पत्रकारितामा फोनिजले खेलेको भूमिका प्रशंसा गर्दै संस्थाको आगामी यात्रा सफलताको कामना गरे ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका महासचिव बिमला सेने, नेपाल पत्रकार महासंघ वरिष्ठ उपाध्यक्ष दिनेश परियार, न्यु लक्ष्मी ज्वेलर्सका संचालक लक्ष्मी राई, छन्त्याल समाज सचिव जित छन्त्याल, मगर संघ युके महासचिव गुमानसिंह थापा, किरात राई यायोख्खाका अध्यक्ष चन्द्रबहादुर राई, तमुधीं युकेका अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष पूर्ण गुरुङ, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई लगायतको उपस्थिति थियो ।
साथै तमुधी युकेका सल्लाहकार डेविड गुरुङ, मगर संघ युकेका निवर्तमान अध्यक्ष सुनिल राना, वर्तमान उपाध्यक्ष रुद्र थापा, एनआरएनका चम्पा थापा, फोनिज युके सल्लाहकार एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु, उपाध्यक्ष बम थापा सूर्यवंशी, सचिव लिला सेलिङ माबो, सदस्य सविन्द्र एसके गुरुङ, किरण राई, तेज मावो, विश्वजित थापा लगायत बेलायतस्थित विभिन्न क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा फोनिज युकेद्धारा प्रकाशित गरिएको स्मारिका समेत विमोचन गरिनुका साथै वार्षिकोत्सवमा केक काटिएको थियो ।
यसैबीच, फोनिज युके अध्यक्ष गोमा रानाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरिन् ।