लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स तेस्रो दुप्सेङ्ग रिन्पोछेको स्वागत गरेको छ ।
गत आइतबार बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे, खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा उनको स्वागत गरिएको हो । साथै, हिज इमिनेन्स रिन्पोछेसंगै आएका लामा गुरुहरुको समेत स्वागत गरिएको थियो ।
पोखरा हेमजा गुम्बाका प्रमुख लामा समेत रहेका हिज इमिनेन्स रिन्पोछे केही समयका लागि बेलायत आएका हुन् । बीसीसी यूकेका उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बीसीसी यूकेका आमाहरुले श्रद्धेय रिन्पोछे गुरुको सुस्वास्थ्य एवं दीर्घायूका लागि आयुको पाठ गरेका थिए । कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले रिन्पोछेले बीसीसी गुम्बाले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यहरुको जानकारीका साथ स्वागत मन्तब्य दिए । कार्यक्रम संयोजक एवं बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले हिज इमिनेन्स दुप्सेङ रिन्पोछेबारे जानकारी दिए ।
बेलायतका विभिन्न स्थानबाट आएको भक्तजनको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायतको कार्यसमिति र आमा प्रमुख उर्मिला गुरुङलगायतका आमाहरुले हिज इमिनेन्स रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । उपस्थित भक्तजनले हिज इमिनेन्स दुप्सेङ रिन्पोछेबाट अभिषेक लिएका थिए।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, उपाध्यक्ष क्याप्टेन देव घले, प्रमुख संरक्षक मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङलगायत कार्यसमिति तथा आमाहरुको बाक्लो उपस्थिति थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरे । महासचिव मेजर हितमान गुरुङले हेल्थ एण्ड सेफ्टीको जानकारी दिनुका साथै कार्यक्रम संचालन गरे ।