पोखरा । साझा नेपाली समाज युकेको नेतृत्व समाजसेवी हिरा (दीपक) सापकोटाले सम्हालेका छन् ।
सोमबार कोभेन्ट्रीमा सम्पन्न समाजको छैटौं अधिवेशनबाट उपाध्यक्षमा शिव खरेल, शम्भु अर्याल र रामप्रसाद पन्थी, महासचिव शशांक शर्मा, कोषाध्यक्ष उपेन्द्र पौडेल र सहकोषाध्यक्ष उपेन्द्र सापकोटा छन् । सदस्य दिनेशराज ढकाल, दशरथ खरेल, गणेश सापकोटा, भुवन रिजाल, दीपक पौडेल, सुदर्शन पराजुली, राजु खत्री र दिनेशप्रसाद कँडेल चुनिए ।
साझा नेपाली समाजका ट्रष्टी दयानिधि सापकोटा संयोजक र टष्ट्री रणबहादुर केसी एवं सल्लाहकार केशव भण्डारी सदस्य रहेको निर्वाचन समितिले आवश्यक प्रकिया पूरा गरी नयाँ कार्यकालको लागि कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । कार्यकाल २ वर्षको हुनेछ ।
संस्थाका निवर्तमान अध्यक्ष कृष्ण शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शंकर भण्डारी, ट्रष्टी संयोजक एवं पूर्व अध्यक्ष महेश अधिकारी, ट्रष्टी एवं पूर्व अध्यक्ष रणबहादुर केसी, ट्रष्टी दयानिधि सापकोटा, ट्रष्टी गोमा पौडेल, पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व अध्यक्ष राजु कँडेललगायत बोलेका थिए ।
साझा नेपाली समाज युके बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरूको ठूलो समाजिक संस्था हो ।