लन्डन । किरात खालिङ राई उत्थान संघ बेलायत शाखा, युकेमा पूर्ण खालिङ अध्यक्षमा दोहोरिएका छन् । संघको एल्डरसटमा भएको चौंथो वार्षिक कार्यक्रमले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
उपाध्यक्ष सिरि खालिङ, सचिव योगेश (योग) खालिङ, महिला सचिव मेनु खालिङ, कोषाध्यक्ष सैलेश खालिङ छन् । सहकोषाध्यक्ष रमेश खालिङ चयन हुँदा सदस्यमा गोकुल खालिङ, प्रताप खालिङ, दीपक खालिङ, दीपचन खालिङ, ममता खालिङ, चन्द्रा चामलिङ खालिङ छानिए ।
सल्लाहकारमा खडका खालिङ, रामबिर खालिङ, नरेन खालिङ, तीर्थ खालिङ र तेजमान खालिङ छन् ।
खालिङहरुको परम्पराअनुसार पुर्खाहरुले च्यरि जेस्स (भुमि पूजा) गरी कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा बिभिन्न वक्तिहरुलाई बिभिन्न ओहोदामा समान गरियो साथै भर्खरै बेलायत आई संस्थामा पहिलो पल्ट आबद्ध व्यक्तिहरुलाई स्वागत गरियो ।
सो अवसरमा खालिङहरुको वास सिलि प्रदर्शन गरियो भने खालिङ भाषाका गितहरुमा नृत्य साथै तमबोला र राफल खेल प्रस्तुति रह्यो ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्ण खालिङको अध्यक्षतामा भएको हो ।