पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिब तथा जेहेनदार तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम शनिबार लमजुङ र गोरखामा सम्पन्न भएको छ। संस्थाले पोखरामा ८३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसके गोरखा र लमजुङका ३७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा निवर्तमान अध्यक्ष चिजकाजी तमु, सचिव कन्चन तमु, सहकोषाध्यक्ष ओमबहादुर तमु र सदस्य लक्ष्मी तमुको समूहले लमजुङको बेसीशहरमा एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरेको हो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु, अमर माध्यमिक विद्यालयका सहप्रधानाध्यापक ज्ञानुमाया नखोला, छात्रवृत्ति प्राप्त विद्यार्थी सन्ध्या तमुले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको सचिव कन्चन तमुले सञ्चालन गरे ।
कार्यक्रमका लागि तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समिति उपाध्यक्ष सन्तोष टु तमुले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
सोही दिन संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको नेतृत्वमा द्वितिय उपाध्यक्ष डमरबहादुर तमु, सहसचिव भेषबहादुर तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, सदस्यहरु लोकबहादुर तमु र मणिलाल तमुको अर्को समूहले गोरखा बजारमा गइ छात्रवृत्ति वितरण गरेको हो ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खा जिल्ला समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा ह्युलाका अध्यक्ष रामबहादुर तमु, संस्थाका सदस्य लोकबहादुर तमु र विद्यार्थी युनिका तमुले बोलेका थिए ।
संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रम सचिव भेषबहादुर तमुले सञ्चालन गरे ।
अन्य जिल्लाहरुमा पनि छात्रवृत्ति क्रमशः वितरण गर्दै जाने आयोजकले जनाएको छ ।