लन्डन । अनलिस योर इनरसेल्फ’ शीर्षकमा माउसटेल वेब सर्भिसेस अल्डरसटले बेलायतमा आउँदो ६ अगस्टमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट हुने भएको छ ।
माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने कार्यक्रम सुसोमोटोमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा कार्यक्रम हुने जानकारी दिए ।
कार्यक्रममा आफूभित्रबाट नै शक्ति निकाल्ने र शान्ति, खुसी र धन आर्जन गर्नको लागि सिकाउने र अनुभव गराइन्छ । कार्यक्रम युवा तथा अभिभावक, सामाजिक नेतृत्व गर्ने र युवादेखि वृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार व्यावसायिक तथा सामाजिक मिश्रित कार्यक्रम भएकोले चाहना हुने तर पैसा नभएको खण्डमा निशुल्क सहभागी गराइने छ ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी डिग्निजय घले, व्यवसायबारे सुमन पुन, लेखासम्बन्धी श्याम श्रेष्ठ र ट्रान्फमेसनबारे मान गुरुङले प्रशिक्षण दिने कार्यक्रम छ ।
माउसटेलका निर्देशक मान गुरुङका अनुसार नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो ।
कार्यक्रममा विश्वमा प्रयोग गरिएको अतिविशिष्ट औजारहरु तथा तरिकाहरु प्रयोग गरिने छ । जसलाई ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूके, पेपरवर्क सोलुसनलगायतले संस्थाको सहयोग रहेको छ । मुनाफाबाट आएको केही रकम युवा तथा वृद्धहरुको सहयोगमा खर्चिने जनाइएको छ ।