लन्डन । लन्डनेद्वारा हिज इमिनेन्स खोन्दुङ्ग असङ्ग बज्र रिन्पोछेको स्वागत गरेको छ ।
२५ जुनमा अल्डरसटस्थित बीसीसीमा गुम्बाका धर्म गुरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी युके परिवारले उनको स्वागत गरे । सो अवसरमा बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठका साथ हिज इमिनेन्सको स्वागत गरेका थिए ।
बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेको संयोजकत्वमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा हिज इमिनेन्स बज्र रिन्पोछेले चार अशक्त हटाउने उपदेश संगसंगै खोन बज्र किलायाको अभिशेष दिएका थिए ।
कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले बज्र रिन्पोछेको स्वागत गर्दै बीसीसी युकेले स्थापनाकालदेखि हालसम्म गर्दै आएको विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्यहरुको बारेमा छोटो जानकारी दिए । त्यस्तै, कार्यक्रम संयोजक एवं उपाध्यक्ष क्याप्टेन देब घलेले हिज इमिनेन्स बज्र रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, प्रमुख वरिष्ठ उपाध्यक्ष आङदावा शेर्पा, उपाध्यक्ष रोविन गुरुङ, कोषाध्यक्ष मेजर शंंकर गुरुङ, बीसीसी युकेकी संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकारहरु, ट्रष्टिज तथा भक्तजनको बाक्लो उपस्थिति थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालनको साथै हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए ।