लन्डन । सहारा युकेले २१ औं गोर्खाकपमा भाग लिन आएका पोखरा-११ का खेलाडी, प्रशिक्षकलगायतलाई सम्मान र बिदाई गरेको छ ।
सोमबार १२ जून २०२३ मा ओल्डडिन क्याम्बर्लीमा एक कार्यक्रमबीच पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिम लिडरलाई बिबिक्यु भोजसहित बिदाइ गरेको हो । अध्यक्ष रि.ले कुसाङ गुरुङको आफ्नै गार्डेनमा भएको कार्यक्रममा संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने खादा लगाइदिएका थिए ।
सहारा क्लब युकेका संस्थापक अध्यक्ष नविन गुरुङ र उनको धर्मपत्निको पनि उपस्थिति थियो।
बिदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष उज्वल रन्जितलगायत पोखरा ११ का खेलाडीहरु, सहारा यूकेका उपाध्यक्ष कृष्ण गुरुङ, सहारा एफसी युकेका अध्यक्ष शारदा गुरुङ, एफसी सीईओ क्या पिताम्बर गुरुङ, कोषाध्यक्ष कुमार थापा, सहकोषाध्यक्ष जगन गुरुङ, गम गुरुङ, सल्लाहाकारहरु पुर्व एफसी अध्यक्ष हरिकुमार श्रेष्ठ, चन्द्र गुरुङ, हित काजी गुरुङ, मीन गुरुङ, कुमार गुरुङ, दिलरास गुरूङ एवम् कार्यसमिति पदाधिकारीहरु, परिवाहरु, नेपालबाट आएका कलाकारहरु श्याम रानामगर, नानु गुरुङको उपस्थिति थियो। २८ मई २०२३मा तमुधिं यूकेले आयोजना गरेको गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङ, एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ समेत १३ जना खेलाडी आएका थिए ।
कार्यक्रममा बगर भाइ खलकका अध्यक्ष दिलरास गुरुङ, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जित, पोखरा-११ का टिम भाइस क्याप्टेन राजेन तामाङले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष रिले गुरूङले कास्कीको एन्फा टिमलाई आफ्नै घरमा सहारा युकेको तर्फबाट बोलाएर स्वागत गर्न पाएकोमा खुसी लागेको र यो भ्रमण पोखरामा फुटबल खेलको विकासमा कोशेढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे ।
पोखरा ११ का टिम क्याप्टेन ईश्वर गुरुङले युके बसाईमा आफूलाई हरेक क्षेत्रबाट सहयोग गर्ने तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ तथा सम्पूर्ण परिवार, बगर भाईखलक यूकेका अध्यक्ष दिलरास गुरुङ तथा समस्त परिवार, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ तथा सम्पूर्ण परिवार इष्टमित्र, आफन्तजन, दाजुभाइ, दिदीबहिनीहरु तथा साथीहरुलाई धन्यवाद व्यक्त गरे । उनले सबै जनाको माया, ममता तथा साथले यूके बसाई फलदायी बनेको भन्दै आगामी दिनमा पनि कुनै न कुनै क्षेत्रबाट जोडिइरहने वाचा गरेका थिए ।
उनले विशेष धन्यवाद कमल गुरुङ, हित काजी गुरुङ, कुमार गुरुङ, भानु गुरुङ थकाली, पिपल मोर्गेजका एमडी सूर्य गुरुङ, गोर्खा प्यालेका प्रोपाइटर सूर्य गुरुङलाई दिए । यस्तै होप्पे थापा, लाहाचोकका कुमार गुरुङ, करम गुरुङ, पोखरेली मञ्च यूके तथा रेडिङका सम्पूर्णलाई पनि धन्यवाद दिएका थिए ।