लन्डन । पासा पुचः गुथि यूकेको अधयक्षमा सुशील प्रजापति चयन भएका छन् ।
प्लमस्टिडस्थित गोर्खा क्याप्रिकनमा शनिबार सम्पन्न संस्थाको अधिवेशनले प्रजापतिको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रजापति यसअघि संस्थामा उपाध्यक्ष, महासचिवलगायत महत्वपूर्ण जिम्मेवारी थिए ।
उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिवमा प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सबिता मानन्धर, मधुसूदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरण प्रधान र सकिला मानन्धर चुनिएका छन् ।
बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह सचिव तथा अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ र मदनमान श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो । यसअघि निवर्तमान अध्यक्ष ओजेश सिंहको अध्यक्षतामा समपन्न अधिवेशनमा उपाध्यक्ष सुशील प्रजापतिले विगत दुई वर्षका उपलब्धि तथा कोषाध्यक्ष रजनी श्रेष्ठले आर्थिक हिसाबकिताब प्रस्तुत गरेका थिए ।
त्यस्तै, अल्डरसट शाखाबाट प्रजेश श्रेष्ठ, लण्डनबाट ओजेश सिंह, रेडिङबाट दिव्य महर्जन र साउथ इष्ट लन्डनबाट नगेन्द्र श्रेष्ठले शाखाहरुको प्रगति विवरण पेश गरेका थिए ।
अध्यक्ष प्रजापतिले बेलायतमा नेवारी संस्कृति, भाषा, कला संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्धता व्यक्त गरे । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । शशशशशशशशश