लन्डन । विभिन्न सांगीतिक प्रस्तुतिसहित आँटीघर पैंगीलामा परिवार युकेको १० औं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
यही शनिबार १० जून २०२३ मा दाज्यूभाइ/चेलीबेटी, ज्वाइँ र भान्जाभान्जीहरुको उपस्थितिमा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको सांस्कृतिक कार्यक्रमका संयोजक समूहकी चन्द्रदेवी गुरुङले जानकारी दिइन् । प्रमुख अतिथि तान्चोक नौंउच्यो पैंगीलामा परिवारका अध्यक्ष मेजर हितमान गुरुङ, उनकी श्रीमती कल्पना गुरुङ, अतिथिको रुपमा उपाध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी शान्ति गुरुङ सहभागी थिइन् । कार्यक्र मा चेलीबेटीहरु, ज्वाइँहरु क्याप्टेन राजु गुरुङ, मेजर शङ्कर गुरुङलगायत सहभागी थिए ।
कार्यक्रमको शुभारम्भमा आँटीघर पैंगीलामा दाज्युभाइ परिवारका लामागुरुद्वारा प्रवचन साथै मुखिया बाबु गुरुङ, पूर्णप्रसाद गुरुङ र तान्चोक समाज यूकेका अध्यक्ष मेजर रि हितमान गुरुङले दीप प्रज्ज्वलन गरेका थिए ।
भेटघाट कार्यक्रममा डमरकुमारी गुरुङ, रामकुमारी गुरुङले स्वर्गीय लीलबहादुर गुरुङको स्मृतिमा १ हजार पाउन्ड योगदान दिएका थिए । कार्यक्रममा ग्रेजुयट र मास्टर उच्च शिक्षा हासिल गरेकाहरुलाई साथै नवविवाहित दम्पतीहरुलाई, नेपालबाट आएका महानुभावहरुलाई पनि खादा र फूलका गुच्छाहरुले बधाई तथा सम्मान गरिएको थियो ।
यस्तै आँटीघर पैंगीलामा दाज्युभाइ परिवारलाई ५ सय ५ पाउन्ड सहयोगस्वरुप प्रदान गरेकोमा सामाजिक अभियन्ता तथा कोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रज्वल गुरुङ सुन्दर नेपाली गीत, हिन्दी गीत र अङ्ग्रेजी गीतहरु प्रस्तुत गरेका थिए भने ईशा गुरुङले नेपाली गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । यस्तै चेलीबेटीहरु गाहना गुरुङ, ज्वाइँ, दिलु गुरुङ, खुमाया गुरुङ, वर्षा गुरुङ, स्वराज गुरुङ र सुदन गुरुङले मनमोहक गीतहरु र नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको गरिमा बढाई दिएकोमा सम्पूर्णलाई आँटीघर पैंगीलामा परिवार यूके र सांस्कृतिक कार्यक्रमका संयोजक समूहको तर्फबाट चन्द्रदेवी गुरुङले धन्यवाद तथा आभार व्यक्त गरेकी छन् । सांस्कृतिक कार्यक्रम संयोजक समूहमा चन्द्रदेवी गुरुङ, शोभा गुरुङ, रोमा गुरुङ, पुष्पा गुरुङले जिम्मेवारी प्राप्त गरेका थिए ।
साथै उक्त कार्यक्रम मा मलाई पनि सम्मान गरी दिनु भएको मा हाम्रो आँटीघर पैंगीलामा परिवार का मुखिया ज्यु आदरणीय जेठाज्यु श्री बाबु आउँमो लगायत हाम्रो आँटीघर पैंगीलामा परिवार का सम्पुर्ण लाई यस सम्मान को लागी एक मुष्ठा मा मेरो भित्री हीर्दय देखि नै मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु ।
कार्यक्रममा सम्पूर्ण ड्रिङ्स आँटीघर पैँगीलामाका मुखिया बाबु गुरुङ, मुखिनी राजकुमारीले प्रायोजन गरेका थिए ।
कार्यक्रम संचालन ओम गुरुङ र भोला गुरुङले गरेका थिए । सांस्कृतिक कार्यक्रम संचालन चन्द्रदेवी गुरुङ, सहसंयोजकहरु शोभा गुरुङ, रोमा गुरुङ र पुष्पा गुरुङले गरेका थिए ।