जमुना पुन
लन्डन । चिम्खोले समाज युकेको वार्षिक भेटघाट बेलायतको अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
पहिलो चरणको औपचारिक कार्यक्रममा आपतकालीन स्थितिबारेमा सूचना, आसन ग्रहण, दिप प्रज्वलन गर्दै बेलायत तथा नेपालमा स्वर्गवास भएका चिम्खोलेहरुको संझनामा २ मिनेट मौनधारण गरिएको थियो । म्याग्दी जिल्लाको भूतपूर्वक सभापति तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि रिटायर्ड ले. भोकबहादुर पुन र चिम्खोले समाज युकेका अध्यक्ष मोतिबहादुर तिलिजाले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा प्रथम पटक बेलायत आएका तथा नयाँ सदस्यता बनेका चिम्खोले चेलीहरु, ज्वाइँ चेलाहरुलगायत छोराबुहारीहरूलाई खादा लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा चिम्खोले समाज युकेले नेपालबाट उत्तरी आयरल्याण्डको कुईन्स बिश्वबिद्यालय बेल्फाष्टको आमन्त्रणमा बेलायत आएका डा. भोजबिक्रम बुढामगरलाई सम्मान गरेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सांकृतिक कार्यक्रममा चिम्खोले समाज युकेका सदस्यहरुले आ-आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । जसमा प्रितम पुन, डा. मोहन पुन, सुबास पुन, खिम पुन, मिना पुनलगायत धेरै चिम्खोलेहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेक्रममा आमा समाजका अध्यक्ष सेतीमाया पुनको परिकल्पनामा बृद्ध आमाहरुको लागि बेलुन नृत्य प्रस्तुत गरेका थिए । भाग लिने सम्पूर्ण कलाकारहरुलाई पुरस्कारद्वारा समान गरिएको थियो । सांस्कृतिक कार्यक्रम सचिव एकबहादुर तिलिजाले संचालन गरेका थिए ।
चिम्खोले समाज युकेका अध्यक्ष मोति बहादुर तिलिजाको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका उपाध्यक्ष चौबहादुर पुनले स्वागत मन्तव्य दिएका थिए भने सचिव धनबहादुर पुनले संचालन गरेका थिए । कार्यक्रममा चिम्खोले समाज युकेका सल्लाहकारहरु, उपाध्यक्षहरु चौबहादुर पुन, मनबहादुर पुन, आमा समाजका अध्यक्ष सेतीमाया पुन, सचिव धनबहादुर पुन, सांस्कृतिक सचिव प्रितम पुनलगायत नेपाल मगर विद्यार्थी संघका निवर्तमान अध्यक्ष डा. भोजबिक्रम बुढामगर, मगर संघ युकेका निवर्तमान अध्यक्ष तथा एभरेष्ट टाइम्स यूकेका सम्पादक दुत पुन (चिम्खोले काइँला) र मगर संघ यूकेका ट्रष्टी तथा जमुना पुनलगायतको उपस्थिति थियो ।