लण्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लण्डनका (२०२१–२०२३) का अध्यक्ष ह्यारी गुरुङको कार्यकाल सकिएको छ ।
कार्यकाल सकिएपछि उनले सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष पदबाट मात्रै विश्राम लिएको र सामाजिक अभियानमा भने निरन्तर लागिरहने बताएका छन् । २० मे २०२३ शनिबारका दिन दक्षिणपूर्व क्षेत्रिय तमुधिं लण्डनको दशौं कार्यसमितिको लागि भएको नवौं अधिबेशन २०२३ बाट प्रेम कुमार लामा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपछि उनले बधाई ज्ञापन व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–‘संस्थाको बाग्डोर मेरो नेतृत्वमा विश्व महामारी पछिको विषम परिस्थितिमा आएको थियो । २३ मे २०२१, आईतवार सम्पन्न आठौं अधिबेशन २०२१ ले मेरो नेतृत्वमा २१ सदस्यीय नवौं कार्यसमिति २०२१÷२०२३ कार्यकाल सर्वसम्मतले निर्वाचित गरेको थियो । मेरो दुईवर्षे कार्य अवधी भित्र बसेर आफ्नो परिवारलाई दिने समय भन्दा पनि माथी उठेर तपाईहरुले जुन किसिमको साथ र सहयोग दिनुभयो सम्पूर्ण मेरा कार्यसमिति पदाधिकारी सदस्य प्रति म र मेरो परिवारको तर्फ देखि हृदय देखि धन्यवाद दिन चाहान्छु । साथै मेरो कार्यकालमा आफ्नो अमूल्य राय, सल्लाह, सुझाव अनि साथ र सहयोग दिनुहुने संस्थाका पुर्व अध्यक्षज्युहरु, सम्पुर्ण सल्लाहकारज्युहरु साथै संस्था परिवार प्रति सादार धन्यवाद दिन चाहान्छु ।’
उनी संस्थामा सन् २०१० सालबाट निरन्तर आवद्ध थिए । २०१३ मा सहकोषाध्यक्ष, २०१५–२०१७ र २०१७–२०१९ मा महासचिवको पदमा थिए । २०१९–२०२१ कार्यकालमा उपाध्यक्षको पदमा रहेको र २०२१–२०२३ कार्यकाल अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए । उनले भनेका छन्–‘विभिन्न समयमा संस्थाको नेतृत्व गर्ने सौभाग्य प्राप्त गरेको थिएँ । तसर्थ मेरो आफ्नो दक्षता, क्षमता, संस्थाको सुदृढीकरण र दुरदर्शिताको मूल्यांकन गर्दै दिनुभएको अभिभारा मलाई लाग्छ म र मेरी श्रीमती दुबैबाट सक्ने साथ, सहयोग र समय दिन सक्यौं भन्ने लाग्दछ यद्यपि कहि त्यस्तो कमजोरीहरुको अवशेष रहेमा क्षमा चाहान्छौ । निर्वाचन समिति २०२३ मा रहि आफ्नो जिम्मेवारी पूर्वक काम सफल पारिदिनु हुने निर्वाचन आयुक्त पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, डाईमण्ड बुद्धिष्ट सेन्टर यूके अध्यक्ष योगेश गुरुङ र सल्लाहकार जगदिश गुरुङप्रति संस्थाको तर्फ देखि बिशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै विधान समिति भित्र रहि आफ्नो अमूल्य योगादन दिनुहुने विधान संयोजक, पूर्व अध्यक्ष रि क्याप नरेन बहादुर गुरुङ एमभिओ र प्रमुख सल्लाहकार, पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ प्रति पनि विशेष धन्यवाद दिन चाहान्छु ।’
‘अन्तमा मेरो कार्यकाल अवधि भित्र एउटा आमा प्रमुखको भूमिका र उपाध्यक्ष पदमा रहि आफ्नो सम्पूर्ण परिवारलाई नै उतारी परिवारको समय भन्दा संस्थाको लागि समय दिनुहुने श्रीमती बिन्दु गुरुङ, उहाँको श्रीमान शिवराम गुरुङ बिईएम र दुई छोरा प्रति बिशेष धन्यवाद दिन चाहान्छु । मेरो सफल कार्यकाल हुनको पछाडी मैले एक अग्रज व्यक्तिको नाम लिनु नै पर्ने हुन्छ सचिव सुर्य गुरुङ, सुर्य दाई तपाईंले मेरो नेतृत्व अवधि भित्र दिनु भएको अभिष्ट साथ र सहयोग प्रती म सदा आभारी छु्र र मेरा अग्रज सामाजिक अभियन्ता आदरणीय दाई श्रीचन्द गुरुङ हजुरले दिनुभएको मार्गनेर्देशनले नै आज अध्यक्ष पदबाट मात्रै विश्राम लिएको छु तर सामाजिक अभियानबाट होइन भन्न चाहन्छु’ उनले लेखेका छन् । आगामी निम्तो र संथागत पत्राचारको लागि इमेलमा गर्न पनि अनुरोध गरेका छन् ।
यसअघि शीर्षकमा अञ्जानवस अनर्थ हुन गएकोमा क्षमा चाहन्छौं ।
- सम्पादक