लन्डन । नेपाली भिलेज यूकेको पहिलो बार्षिक साधारण सभा २० मे २०२३ शनिबारका दिन हुने भएको छ ।
Llangrinidr Community hall Brecon NP8 1LS मा दिउँसो १ बजेबाट ३ बजेसम्म आयोजना गरिने परियोजनाले जनाएको छ । परियोजनाले योजना अनुसार नै आफ्नो उद्देश्य प्राप्तिको गन्तव्य तिर लम्कीरहेको र चरणबद्ध सम्पन्न गर्ने तय गरिएका कामहरु समय अगावै हुने क्रममा रहेको जनाएको छ । सोही क्रममा नेपाली भिलेज यूकेले यसको विधिवत स्थापना गरेको एकवर्ष पूरा गरेको उपलक्ष्यमा पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी गरेको नपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले बताए ।
उनका अनुसार साधारण सभामा आफ्ना स्थानीय तथा विभिन्न अन्य देशमा बस्ने शेयरधनीहरुका लागी समय, अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै जो शेयरधनी साधारण सभाहलमा नै उपस्थित हुन सक्छ, उनीहरुलाई सोही अनुसार व्यवस्था गरिएको छ । जो उपस्थित हुन सक्दैन, उनीहरुले भर्चुअल जुममा जोडिन सक्ने गुरुङले बताए । उपस्थित हुन नसक्ने शेयरधनीहरुले Zoom IDM– 2078002021 PasscodeM nvuk मार्फत जोडिन सक्ने परियोजनाले जनाएको छ । जुममा जोडिनका लागि आफ्नो नाम वा सेयरधनी नम्बर प्रयोग गर्न अनुरोध गरेको छ ।
उनका अनुसार बार्षिक साधारण सभाको भोलीपल्ट २१ मे मा प्रथम वार्षिकोत्सव मनाइनेछ । आइतबार विहान ११ बजेबाट सुरु हुने बार्षिकोत्सव नेपाली भिलेज यूकेले आफ्नै परियोजना स्थल Nepali Village UK, Talybont–on–Usk, Brecon, LD3 7YS मा आयोजना गर्नेछ । स्थानीय सांसद अनि ब्रेकन टाउनका मेयरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानीयहरु र नेपाली विभिन्न समुदायका महानुभावहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा शेयरधनीहरुको उल्लेख्य उपस्थित रहने जनाएको छ ।
नेपाली भिलेज यूके बेलायतमा रहेका नेपालीहरु जो यो परियोजनाका बारेमा जान्न र बुझ्न उत्सुक छन् सबैलाई हार्दिक निमन्त्रणा गरेको अध्यक्ष गुरुङले जनाए । कार्यक्रममा उपस्थित भएर यसबारेमा जानकारी लिने अनि आफू पनि शेयर किन्ने मनसाय बनाएको छ भने उक्त अवसर पनि मिल्नेछ । यसका लागि
The MD and all directors NVUK emailM office@nepalivillageuk=com MobileM 07506 481155 मा सम्पर्क गरेर जानकारी गराउन सकिने छ । वार्षिकोत्सव कार्यक्रम अत्यन्त चुस्त दुरुस्त हुने, नेपाली नृत्य लगायत मनोरञ्जन सहितको हुनेछ । उपस्थित सबैलाई समूहगत पुरै जग्गाको अवलोकन गराउने, आफ्नै जग्गामा दिनको खाना पकाएर पाहुनाहरुलाई खुवाउने तयारी गरिएको नेपाली भिलेज यूकेको बताएको छ ।
नेपाली भिलेज यूकेले परियोजनालाई आवश्यक लगभग २४ एकड जग्गा खरीद प्रक्रिया सम्पन्न गरेर योजना अनुसार पहिलो चरण अन्तर्गत पारिवारिक छुट्टी मनाउने घर, क्याम्पसाईट, वृक्षारोपण, नेपाली चौताराहरु, ढुङ्गेधारो अनि अन्य आवश्यक कार्यहरुका निमित्त स्थानीय काउन्सिलको योजना (प्लानिङ) विभागमा योजना सहित स्विकृतिको निम्ती निवेदन दिएको छ । यो जग्गा ब्रेकन विकन न्यासनल पार्कको क्षेत्राधारमा पर्ने हुनाले पनि परियोजनाले अनुरोध गरेको प्लानिङ निवेदनमा अतिरिक्त अध्ययन गर्नुपर्ने कुराहरु बुझिएको जनाएको छ । यसका लागी स्थानीय सांसद, मेयर लगायत काउन्सिल लिडरहसंग गर्नुपर्ने आवश्यक सहयोग र सहकार्य भईरहेको छ ।