पोखरा । गायक नरदेव गुरुङ (एन्डी) र सिम्रन परियारको स्वरमा नयाँ नेपाली गीत ‘नौनी जस्तो मन’ सार्वजनिक भएको छ । नरदेव गुरुङकै शब्द तथा संगीत रहेको गीत एनडी तमुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा नरदेव गुरुङ, सिम्रन परियार, जुना विश्वकर्मा र प्रभात पाल ठकुरीको प्रस्तुति रहेको छ। गीतको संगीत संयोजन, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिस्टको जिम्मेवारी देवेश राईले सम्हालेका छन् । रङ्कासु रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो भने अडियो तथा भिडियो एनडी तमु अफिसियलले प्रस्तुत गरेको हो ।
गीतको भिडियो निर्माणमा तारा गुरुङ (साइली) निर्माता, मौसम हिमाली निर्देशक तथा कोरियोग्राफर रहेका छन् । भिडियोमा जुना विश्वकर्मा, प्रभात पाल ठकुरी र नरदेव गुरुङ (एन्डी) को अभिनय छ ।
भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन्। सम्पादन, कलर तथा जिएफएक्स मनोज कार्कीले गरेका छन् । मेकअप आर्टिस्टका रूपमा सरिता मगर, आइटी सपोर्टमा राजेन्द्र अर्याल, उत्पादन व्यवस्थापकमा मिलन कटवाल र ग्रुप लिडरमा समीर भोटे रहेका छन् । भिडियोको पोस्ट वर्क लुमिनस पोस्टवर्क्सले गरेको हो ।
‘नौनी जस्तो मन’ मार्फत नारदेव गुरुङले गायनसँगै गीत लेखन र संगीत सिर्जनामा समेत आफ्नो भूमिका प्रस्तुत गरेका छन् । सिम्रन परियारसँगको सहकार्यमा तयार गीतको भिडियोमा जुना विश्वकर्मा र प्रभात पाल ठकुरीको अभिनयसमेत समेटिएको छ ।