नेपाल । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज २३ औँ दिनमा पनि निरन्तर जारी रह्यो।
बाढी प्रभावितका लागि स्वास्थ्य शिविर : १० औँ दिनसम्म करिब ७ सयले लिए सेवा
रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा आज ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ। नआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको शिविरमा डा. कावेरी कार्की, डा. सोवित गुरुङ र हरि कोजुको टोलीले डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवक हेम थापा मगरको सहकार्यमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।
शिविरमा बाढीका कारण उत्पन्न गम्भीर मानसिक आघात (Severe Shock), पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), मौसमी फ्लु, एलर्जी तथा छालामा देखिएका एलर्जी, उच्च रक्तचाप, मधुमेह, झाडापखाला तथा बान्ता, थाइराइडसम्बन्धी समस्या, पेटसम्बन्धी समस्या, हाडजोर्नी तथा फोक्सो र मुटुसम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य जाँच गरिएको थियो। बाढीपछि पहिलोपटक उच्च रक्तचाप देखिएका केही बिरामीलाई आवश्यक औषधि उपचारसमेत सुरु गरिएको छ।
त्यसैगरी, बाढीबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (Psycho-social Counselling) समेत प्रदान गरिएको थियो। विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा पुर्याउन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा गरि हालसम्म १० वटा निशुल्क शिविर संचालन गरिएको छ। जसबाट करिब ७ सयलाई सेवा प्रदान गरिसकिएको छ ।रसुवामा भने शिविरको आज चौथो दिन हो ।
५ करोड भन्दा बढी रकम संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघ संस्था र नेपालीहरुको व्यक्तिगत तर्फबाट ५०,३७९,२८७.७० रुपैयाँ सहयोग कोषमा जम्मा भएको छ।
हालसम्म निम्नलिखित राष्ट्रिय समन्वय परिषदले देहायअनुसार आर्थिक सहयोग संकलन गरि केन्द्रीय कोषमा जम्मा गरिसकेका छन्:
|
क्र.सं.
|
एनसीसी/संस्था
|
प्राप्त रकम (रुपैयाँ)
|
|
१
|
युके (पहिलो चरणमा)
|
५३,४३,२४४.२५
|
|
२
|
अष्ट्रेलिया (पहिलो चरणमा )
|
३१,०१,५८१.७६
|
|
३
|
बहराइन
|
२५,७९,३२८.००
|
|
४
|
न्युजिल्यान्ड
|
२१,५२,८९९.७३
|
|
५
|
नर्वे
|
१७,८९,८४२.९६
|
|
६
|
ओमान
|
१३,१५,०००.००
|
|
७
|
दक्षिण कोरिया
|
११,१०,८१२.००
|
|
८
|
Stichting Nepal Fonds, Netherlands
|
१०,५५,१९३.६०
|
|
९
|
लग्जम्बेर्ग
|
१०,४६,५४८.८६
|
|
१०
|
साउदी अरेबिया
|
१०,००,०००.००
|
|
११
|
टर्की
|
७,५०,३३७.००
|
|
१२
|
म्यानमार
|
६,०१,०००.००
|
|
१३
|
इजरेल
|
५,०४,३८५.००
|
|
१४
|
नेदरल्याण्ड
|
५,००,०००.००
|