Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • क्वोंने गुरुङ समाज यूकेको सातौं वार्षिक भेटघाट धुमधामका साथ सम्पन्न
क्वोंने गुरुङ समाज यूकेको सातौं वार्षिक भेटघाट धुमधामका साथ सम्पन्न
मिलन तमु
मिलन तमु आइतबार, माघ २९, २०७९

लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको सातौं भाइखलक तथा चेलीबेटीहरु वार्षिक भेटघाट कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ । 

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बर गुरुङको अध्यक्षमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिसहित अल्डरसटस्थित एम्पायर हलमा ११ फेब्रुअरी २०२३ शनिबार वार्षिक भेटघाट भएको हो । कार्यक्रम प्रमुख अतिथि जेष्ठ नागरिक धनबहादुर गुरुङ, समाजका अध्यक्ष क्या पिताम्बर गुरुङ र चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा प्रारम्भ अघि प्रमुख अतिथिलगायतलाई पाइपर धुनसहित हल प्रवेश गराइएको थियो । आगन्तुक चेलीबेटीलाई प्रवेशद्वारमा मासको टीका र दक्षिणासहित क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका वरिष्ठ प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ र उनकी श्रीमती गौमाया गुरुङले स्वागत गरेका थिए । उद्घाटनपछि नेपाली राष्ट्रिय गान बजाइएको थियो ।

कार्यक्रमस्थलको स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी सञ्चालक तथा महासचिव इन्द्र घोतानेले गराएका थिए । उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य र महत्वबारे प्रस्ट पारेका थिए । 

Sanvi jeeler
Maoustail service

भेटघाट कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक धनबहादुर गुरुङले आफूलाई सम्झेर कार्यक्रममा बोलाइएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए । उनले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके आगामी दिनमा झनै फस्टाओस् भन्ने शुभकामना व्यक्त गरे । 

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका काम, उपलब्धि र भावी योजनाबारे जानकारी गराएकी थिइन् । गत वर्षदेखि चेलीबेटीहरुको तर्फबाट माइतीको सम्झनामा शुभदिपावली मनाउन सुरु गरिएको जनाउँदै चेलीबेटीको अहिलेसम्म ७३ जना आजीवन सदस्यता बनिसकेको पनि उनले बताइन् । 

यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालमा भवन निर्माणका लागि जग्गा खरितार्थ आफ्नो संयोजकत्वमा नेपाली २२ लाख ८७ हजार ११२ आर्थिक सहयोग संकलन गरिएको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले सो अवसरमा जानकारी दिइन् ।

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालका अध्यक्ष विश्व (भूमि) गुरुङको भिडियो शुभकामना प्रसारण गरिएको थियो भने क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी महासचिव लिना गुरुङले शुभकामना मन्तव्य दिइन् । 

कार्यक्रममा यस वर्ष यूकेस्थित विभिन्न संघसंस्था अनि राजनीतिक पार्टीका भ्रातृ संगठनहरुका विभिन्न पदमा नियुक्त तथा निर्वाचित दाज्यूभाइ तथा भाइखलकहरुलाई बधाई तथा शुभकामना दिइएको थियो । जसमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका सल्लाहकार दिलीप गुरुङ एमबिई, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, काउन्सिलरद्वय कमल गुरुङ र लक्ष्य गुरुङ, सल्लाहकार मोहन गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके उपाध्यक्ष कुमार गुरुङ, चेलीबेटी समूहकी उपाध्यक्ष पञ्च गुरुङ, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, म्हनेपा आमा संघ आमा अध्यक्ष यामकुमारी [दिलु] क्वोंन्स्यो>लगायतलाई सम्मान गरिएको थियो । दिलीप गुरुङ एमबीई र नवीन गुरुङलाई प्रमाणपत्रसहित र अन्य पुरुषलाई फेटा, खादा र महिलालाई सल, खादासहित प्रमुख अतिथि गुरुङ, अध्यक्ष गुरुङ र चेलीबेटी प्रमुखले सम्मान गरेका थिए ।  

उत्कृष्ट तमु पोसाक लगाउनेमध्येबाट श्रीमती निर्मला गुरुङ र श्री खड्का गुरुङ दम्पती पुरस्कृत भएका थिए । नगद राशि र प्रशंसा पत्र पाएका थिए । पोसाकको निर्णायकमा भने तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका सल्लाहकार चित्रबहादुर गुरुङ थिए । 

औपचारिक कार्यक्रम अध्यक्ष क्या गुरुङले विधिवत् रुपमा मन्तव्यसहित समापन गरेका थिए । लगत्तै सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम चलेको थियो । सांस्कृतिक कार्यक्रम बिमल गुरुङ र ममता गुरुङले चलाएका थिए । चेली तथा ज्वाइँ रन्जु गुरुङ र विष्णु गुरुङको नृत्य, भान्जा विशन र भान्जी पुजनको नृत्य, चेलीहरु माइला-कान्छा (पार्वती गुरुङ र माया गुरुङ) तथा कविता गुरुङको नृत्यले कार्यक्रममा रौनकता थपेको थियो भने नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका रुपा घर्तीमगर र यूकेका चर्चित गायिका ममता गुरुङको प्रस्तुतिमा सहभागीहरु बेस्सरी रमाएका थिए । ककटेल नाचसमेत समेटिएको कार्यक्रममा भाग्यशाली चिठ्ठा चरणसहित मध्यराति समापन भएको थियो । 

राफल ड्र का पुरस्कारहरु ७ वटा व्यवस्था थियो । पहिलो पुरस्कार सुनको चन्द्रमा चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले प्रायोजन गरेकी थिइन् । दोस्रो पुरस्कार १५० पाउन्ड बराबरको गिफ्ट ह्याम्पर हाइल्यान्ड पसल अल्डरसटबाट मनदेवी गुरुङ, तेस्रो पुरस्कार १०५ पाउन्ड नगद चेलीबेटीका पूर्वप्रमुख राजकुमारी गुरुङले प्रायोजन गरेकी थिए । चौथो पुरस्कार एक सय पाउन्ड प्रायोजन चेलीबेटी उपाध्यक्ष पञ्च गुरुङ र सुकबहादुर गुरुङले गरेका थिए । पाँचौं पुरस्कार ५० पाउन्ड चेलीबेटीकी कार्यकारी सदस्य जगनकुमारी गुरुङ र हर्कबहादुर गुरुङले दिएका थिए । छैटौं पुरस्कार अल्पना गुरुङ र सातौं पुरस्कार मौलिक पहिरन यामकुमारी दिलु गुरुङले प्रायोजन गरेको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले जानकारी दिइन् ।  

कार्यक्रममा माइती पक्षलाई कोसेलीस्वरुप चेलीबेटीको तर्फबाट नगद ३ हजार ५ पाउन्ड चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा घोताने/घोण्डे चेलीबेटीहरु तथा ज्वाइँहरुलाई प्रवेश नि:शुल्क र भाइखलकलाई प्रतिव्यक्ति २५ पाउन्ड प्रवेश शुल्क लिइएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष क्या पिताम्बर गुरुङले मायाको चिनोसहित लोकदोहोरी गायिका रुपा घर्तीमगर, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एम्पायर सञ्चालकहरु नारायण गिरी, राजकुमार गुरुङ, डिजे र मास्टर सेफहरुलाई सम्मान गरेका थिए । 


 


प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्