लन्डन । घलेली क्रोगीलामा परिवार यूकेको वार्षिक भेटघाट साथै पितृ पूजा कार्यक्रम शनिबार, १ अगस्टमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामचन्द्र गुरुङ र ज्येष्ठ नागरिक एवं वरिष्ठ सल्लाहकार समाजसेवी प्रेम गुरुङ, वरिष्ठ समाजसेवी कप्तान एकनारायण गुरुङले दीप प्रज्वलन, पितृ पूजा गरी कार्यक्रमको सुरुआत गरेका थिए । सचिव राजबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
घलेली क्रोगीलामा परिवार यूकेका ज्वाइँ हेडक्टर ब्रिगेड अफ गोर्खाज्का मेजर अनिल गुरुङ र छोरी सुषमा गुरुङ, स्टाफ सार्जन्ट सुनील गुरुङ, आरती गुरुङ, भान्जा कर्पोरल ध्रुव गुरुङ, लीना गुरुङ, लांस कर्पोरल सुरेन्द्र गुरुङ र सुषमा गुरुङ, लांस कर्पोरल पार्वती गुरुङलाई पदोन्नति भएकोमा बधाई दिइएको थियो ।
तमु लम परिवार यूकेका नवनिर्वाचित अध्यक्ष रामचन्द्र गुरुङ, बुद्धिस्ट कम्युनिटी सेन्टर यूके आमा समूहका नवनिर्वाचित अध्यक्ष शारदा गुरुङलाई बधाई दिने कार्यक्रम रह्यो । साथै हङकङबाट यूके आएका समाजसेवी एवं व्यवसायी विशाल गुरुङ, तारा गुरुङलाई स्वागत गरिएको थियो ।
उच्च शिक्षा हासिल गरेको उपलक्ष्यमा बिनी गुरुङलाई बधाई दिइएको थियो । भाइखलक,चेली बेटी,छोरीज्वाइँ, भान्जाभान्जीको उपस्थिति थियो । कोषाध्यक्ष उज्ज्वले खानपिनको राम्रो बन्दोबस्त मिलाएका थिए ।
मिन साइँलाले राफल ड्र तथा मेजर अनिल गुरुङले बिंगो कार्यक्रम सञ्चालन गरेका थिए । बुहारी शान्ति, प्यारी, नातिनी ममुना, नोरा, अनीसा पार्वतीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । साथै कलाकार कृष्ण सुवेदीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए ।
अन्त्यमा अध्यक्ष रामचन्द्र गुरुङले मेजर अनिल गुरुङले ससुराली खलकलाई ५५० पाउन्ड सहयोग दिएकोमा धन्यवाद दिए । उनले उपस्थित र सहयोगीहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रम समापन गरे ।