नेहा गुरुङ
निकोसिया, साइप्रस | निकोसिया साइप्रसमा बसोबास गर्दै आएका नेपाली महिलाहरूको हक, हित, संरक्षण तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको Nepali Women’s Welfare & Cultural Association Cyprus ले आफ्नो स्थापना पश्चात पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक कार्यक्रममा सफल सहभागिता जनाएको छ।
स्ट्रोभोलोस नगरपालिकाको सहयोग तथा POGO Women’s Movement लगायत सम्बन्धित संस्थाहरूको आयोजनामा Acropolis Park, Nicosia मा २६ अप्रील आइतबार सम्पन्न Femme Fest 2026 कार्यक्रममा उक्त संस्थालाई विशेष निमन्त्रणा गरिएको थियो। यस अवसरमा नेपाली महिलाहरूको प्रतिनिधित्व गर्दै संस्थाले उत्साहजनक रूपमा सहभागिता जनाएको थियो। नेपाली सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र कार्यक्रममा संस्थाका सदस्यहरूले नेपाली मौलिक पहिचान झल्कने दुई वटा नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
नेपाली पोशाक, संगीत र संस्कृति झल्किने उक्त प्रस्तुति कार्यक्रममा उपस्थित विभिन्न समुदायका दर्शकहरूका लागि विशेष आकर्षण बनेको थियो। यसले नेपाली समुदायको सांस्कृतिक विविधता तथा महिलाहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर दिएको संस्थाले जनाएको छ। संस्थाको जानकारीमूलक स्टल (Booth) आयोजक पक्षबाट संस्थालाई छुट्टै स्टल / बूथ उपलब्ध गराइएको थियो, जहाँ संस्थाको ब्यानर, लोगो राखी संस्थाको उद्देश्य, योजना र सेवासम्बन्धी जानकारीमूलक flyer वितरण गरिएको थियो ।
उक्त flyer मार्फत संस्थाले निम्न विषयहरूबारे जानकारी दिएको थियो: साइप्रसमा नेपाली महिलाको हकहित संरक्षण श्रम शोषण, तलब नपाउने समस्या, उत्पीडन विरुद्ध सहयोग भाषा, सीप तथा सशक्तिकरण कार्यक्रम मानसिक स्वास्थ्य तथा सामाजिक सहयोग नेपाली संस्कृति संरक्षण तथा पर्व उत्सव आपतकालीन सहयोग तथा परामर्श सेवा अन्य संस्थाहरूसँग सहकार्यको नयाँ ढोका खुल्यो कार्यक्रममा सहभागी विभिन्न मानवअधिकार, महिला अधिकार तथा सामाजिक सेवामूलक संस्थाहरूसँग पनि संस्थाका सदस्यहरूले प्रत्यक्ष भेटघाट तथा छलफल गरेका थिए। यस क्रममा संस्थाले साइप्रसमा नेपाली महिलाले भोगिरहेका चुनौतीहरूबारे जानकारी गराएको थियो भने अन्य संस्थाहरूले पनि सहकार्य गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस कार्यक्रममा सहभागी संस्थाहरूमा महिला अधिकार, घरेलु हिंसा रोकथाम, श्रमिक अधिकार, कानुनी सहायता, सीप विकास तथा मानवअधिकारसँग सम्बन्धित विभिन्न संस्थाहरू रहेका थिए। पहिलो प्रयासमै महत्वपूर्ण उपलब्धि संस्थाको यो पहिलो सार्वजनिक सहभागिता भए पनि, पहिलो प्रयासबाटै धेरै स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त भएको छ। यसले भविष्यमा नेपाली महिलाको समस्या समाधान, क्षमता विकास, कानुनी पहुँच तथा सामाजिक एकीकरणका क्षेत्रमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।
हाल प्राप्त सहयोग हाल Nepali Women’s Welfare & Cultural Association Cyprus लाई निम्न निकायहरूबाट सल्लाह तथा सहयोग प्राप्त भइरहेको संस्थाले जनाएको छ: Support Centre Nicosia Cyprus Refugee Council एक जना कानुनी सल्लाहकार (Legal Advisor) यस सहयोगले संस्थालाई आगामी दिनमा अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढ्न मद्दत पुग्ने विश्वास गरिएको छ। नेपाली समुदायलाई आह्वान संस्थाले साइप्रसमा रहेका सम्पूर्ण नेपाली महिला तथा समुदायलाई एकताबद्ध भई सहकार्य गर्न आग्रह गरेको छ। विशेष गरी समस्यामा परेका महिलाहरूलाई सहयोग, सचेतना, कानुनी जानकारी, सामाजिक सुरक्षा तथा आत्मनिर्भरता प्रदान गर्ने लक्ष्यका साथ संस्था अगाडि बढिरहेको जनाएको छ।
Femme Fest 2026 मा भएको सहभागिताले साइप्रसमा नेपाली महिलाहरूको आवाज, क्षमता र पहिचानलाई नयाँ उचाइ दिएको छ । यो कार्यक्रम केवल सहभागिता मात्र नभई, नेपाली महिलाको अधिकार, सम्मान र भविष्य निर्माणतर्फको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ संस्थाको उदेश्य No Nepali woman in Cyprus should suffer alone, in silence, or without support.हो ।



