लन्डन । लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायत आएकी छन् ।
मगर संघ यूके यूएसएसबी शाखाले आयोजना गर्ने माघे संक्रान्ति कार्यक्रमका लागि निरा बुधबार ७ तारिख बेलुकी लन्डन आइपुगेकी हुन् । निराको स्वागतका लागि रुक आले, अनिता राना मगर,कुमार राना मगर दिपक मइथाने, ऋषि राना, केशर रानालगायत एयरपोर्ट पुगेका थिए ।
बेलायत आइपुगेपछि निराले भनेकी छन्, 'विशेष धन्यवाद मगर संघ यूके युएचएसबी शाखाका अध्यक्ष आदरणीय दाइ बिर बलाललगायत सम्पूर्ण कार्यसमितिहरुलाई । मगर संघ यूके युएचएसबी शाखाको १० जनवरीमा हुने माघे संक्रान्ति विशेष मेरो मुख्य कार्यक्रममा यूकेको विभिन्न सहरमा बस्नुहुने सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछु ।'
निरालले बेलायतमा रहेका लोकदोहोरी गायक मनसुधन थापासँगै प्रस्तुति दिनेछन् । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सामुयल कोडी स्पोर्ट्स कलेजमा यही जनवरी १० तारिखमा हुनेछ । समय बिहान ११ बजेदेखि तोकिएको छ । जसअन्तर्गत ११ देखि १ बजेसम्म पितृपूजा, १ देखि राति १० बजेसम्म मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम, राफल ड्र लगायत हुने आयोजक संस्था मगर संघ यूके यूएसएसबी शाखाका अध्यक्ष बिर बलालले जानकारी दिएका छन् ।
यस वर्षको कार्यक्रम संयोजकमा उपाध्यक्ष गणेश बुढाथोकी रहेका छन् । कार्यक्रममा प्रवेशका लागि वयस्क २० पाउन्ड र ज्येष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्रै तोकिए सचिव धन थापाले जानकारी दिए ।
कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको मगर संघ यूके यूएसएसबी शाखा कोषाध्यक्ष गोप बहादुर सिञ्जालीले जानकारी दिए ।


