लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तय भएको छ ।
बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीको डिसेम्बर १४ आइतबार बसेको दोस्रो बैठकले १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी २०२६ फेब्रुअरी २३, २४ र २५ मा काठमाडौं आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले निम्न निर्णयहरू गरेको छः
निर्णयहरू:
१. राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण (NCC Unity Facilitation Committee) का लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय निम्नानुसार समिति गठन गर्ने।
क) संयोजक: गंगाधर गौतम
ख) सह-संयोजक: टीका गुरुङ (राधिका)
ग) सदस्य: नारायण काफ्ले
घ) सदस्य: शनि ओली
ङ) सदस्य: चिरञ्जीवी खड्का
२. गैरआवासीय नेपाली संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५, २०२६ मा आयोजना गर्ने।
३. बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम निम्नानुसार सञ्चालन गर्नेः
क) डिसेम्बर १९ : मध्यपूर्व तथा अफ्रिका क्षेत्र
ख) डिसेम्बर २० : एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र
ग) डिसेम्बर २१ : अमेरिकाज तथा युरोप क्षेत्र
४. पाँच सदस्यीय सदस्यता समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने।
५. स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधानअनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने र हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने ।
अन्त्यमा, बैठकले गैरआवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषदहरू साथै विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ।
महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय तथा कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत बैठकले आग्रह गरेको छ।