लन्डन । नेपाल रन यूकेले २ नोभेम्बर, आइतबारका दिन नर्थल्ट १० के रन सफलतापूर्वक आयोजना गरेको छ । नर्थाला फील्ड्स पार्क, नर्थल्टमा सम्पन्न भएको रनमा ५०० जना धावकले प्रत्यक्ष रूपमा सहभागिता जनाएका छन् । 
हेल्प नेपाल र जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुर्याउने उद्देश्यले रन आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिए । विजेतालाई ट्रफी तथा सबै सहभागीलाई टिसर्ट र पदक प्रदान गरिएको थियो । 

कार्यक्रममा स्थानीय सांसद जेम्स मरे र नेपाल दूतावासका उपनियोग प्रमुख विपिन दवाडी पनि सहभागी भए । नेपाल रन यूकेका पदाधिकारी डा. जगन कार्कीका अनुसार यो वार्षिक कार्यक्रम नेपाल रन यूकेका प्रमुख आकर्षणमध्ये एक बनेको छ, जसले समुदायमा एकता, स्वास्थ्य र फिटनेसप्रतिको जागरूकता फैलाएको छ ।
ट्रफी वितरण कार्यक्रम समिता आलेले सञ्चालन गरेकी थिइन । कोच आत्माराम दाहालले वार्म अप एक्सरसाइज गराएका थिए । गोरखाली सेनाका पाइपर प्रताप गुरुङले पाइपर बजाएर लाइन अप हुँदै दाहालको नेपाली शङ्ख ध्वनिबाट दौड सुरु भएको थियो ।

स्वयम्भूको स्तूपा र नेपाली ध्वजाले सजाइएको पार्कमा नेपाली खाना सर्भ गरिएको थियो । नेपालमा बनेका नेपालीपन झल्किने ट्रफी तथा टिसर्ट  प्रयोग गरिएका थिए । १० के दौड सुरु हुनु अघि बालबालिकाको २ के फन रन आयोजना भएको थियो । 
कार्यक्रमका विजेता 
ओभर अलमा 
महिलातर्फ  
प्रथम: फ्रान्सेस्का बुटी, ४० मिनेट ०२ सेकेन्ड 
द्वितीय : सराह, ४३मिनेट १० सेकेन्ड 
तृतीय : तेज माया रेग्मी सिग्देल, ४५ मिनेट ५१ सेकेन्ड 
पुरुषतर्फ
प्रथम: इलियास अहमद, ३४ मिनेट १ सेकेन्ड 
द्वितीय: सन्देश राई, ३४ मिनेट ५३ सेकेन्ड 
तृतीय: ट्वेलर ब्वक्याम्बे, ३५ मिनेट १३ सेकेन्ड 
भेट्रान (४० देखि ४९ उमेर समूह) 
महिलातर्फ  
प्रथम: मनिषा लिम्बू, ४९ मिनेट २५ सेकेन्ड 
द्वितीय: क्लारी मोरिस, ४९ मिनेट ३८ सेकेन्ड 
तृतीय: होमा देवी पुन, ५० मिनेट २९ सेकेन्ड 
पुरुषतर्फ
प्रथम: सेलिमेंट बर्थेट, ३७ मिनेट ४९  सेकेन्ड 
द्वितीय: बलदेव कुँवर, ३८ मिनेट २३ सेकेन्ड 
तृतीय: नाइजल रिबेरियो, ४० मिनेट ०९ सेकेन्ड 
भेट्रान (५० देखि ५९ उमेर समूह) 
महिलातर्फ 
प्रथम: रेबेका क्नाइट, ४६ मिनेट ५८ सेकेन्ड 
द्वितीय: भेनेसा पल, ५२  मिनेट ३४ सेकेन्ड 
तृतीय: रेचल फोर्ड, ५३ मिनेट ३७ सेकेन्ड 
पुरुषतर्फ
प्रथम: लक्ष्मण गुरुङ, ३९ मिनेट २३   सेकेन्ड 
द्वितीय: पदम कुँवर, ३९ मिनेट २५ सेकेन्ड 
तृतीय: अमृत श्रेष्ठ, ४१ मिनेट ०२ सेकेन्ड 
सुपर भेट्रान (६०+ उमेर समूह) 
महिलातर्फ प्रथम : जेनिफर हडसन, ५५ मिनेट १५ सेकेन्ड 
पुरुषतर्फ प्रथम: मार्टिन देओड 
नेपाल रन क्लबका विजेता 
महिलातर्फ: सलिना राज भण्डारी, ५१ मिनेट ५० सेकेन्ड 
पुरुषतर्फ: शिव गुरुङ, ४२ मिनेट ५० सेकेन्ड 
क्लबको नियमित दौड गतिविधिमा राम्रो प्रगति गर्ने धावक पुष्कर नेपाल 

कार्यक्रम ए–स्टार फाइनान्सियल सोलुसनको मुख्य प्रायोजनमा भएको थियो। यस्तै, लन्डन म्याराथन, रियल ड्रीम्स एजुकेसन कन्सल्टेन्सी, एईएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ एकाउन्टिङ, एनआरएनए यूके इंग्ल्यान्ड च्याप्टर, भोजपुर समाज यूके, मोमो हाउस ३६५, एसएनपी प्लस एकाउन्टिङ, किरात राई यायोखा लन्डन, एनबीसी यूके र नेपाल साइक्लिङ क्लबे पनि सहयोग गरेका थिए । 
नेपाल रन क्लबका सदस्यमध्ये उत्कृष्ट प्रस्तुति दिने र विजेताहरूलाई ट्रफी र स्वयंसेवकहरूलाई खानाको व्यवस्था स्वर्गीय दमन गुरुङको सम्झनामा उनका पिता एवं तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र माताले गरेका थिए । 

कार्यक्रम निर्देशक सन्तोष राईले सबै प्रायोजक, स्वयंसेवक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल रूपमा सम्पन्न भएको बताए ।