लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा ९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार १ नोभेम्बर २०२५ का दिन अल्डरसटस्थित गेरीसन स्पोर्ट्स सेन्टरमा ब्याडमिन्टन प्रतियोगिता भएको हो । कार्यक्रम संयोजन दिपेन्द्र याक्सो, सहसंयोजक सकुन नेम्बाङ र कोषाध्यक्ष खगेन्द्र लावती रहेका थिए ।
प्रतियोगिताअन्तर्गत १६ टिम सहभागी भएको पुरुष सिंगल्समा एम.फाधिल विजेता र उपविजेता सिजन राई बने ।
पुरुष डबल्स क्याट ‘ए’मा ८ टिम सहभागी भएकोमा विजेता सिज्जा/दिपचन तथा उपविजेता जोसेफ/सुदीप भए ।
पुरुष डबल्स क्याट ‘बी’ १६ टिम सहभागी भए । जसमा विजेता रोहित/मनोज र उपविजेता अनिश/जतिन बनेका थिए ।
पुरुष डबल्स – क्याट ‘सी’मा १३ टिम सहभागी भएकामा विजेता राज/मणि तथा उपविजेता नविन/सञ्जीव बने ।
भेट्रान डबल्स १० टिमले प्रतिस्पर्धा गरेकोमा विजेता प्रकाश/दिनेश र उपविजेता पदम/बिजय भए भने सिनियर भेट्रान डबल्स ५ टिममा विजेता बिर्खा/विष्णु र उपविजेता खेम/राजिन रहे ।
मिक्स डबल्स ९ टिममध्ये विजेता सन्तोष/पूजा तथा उपविजेता मनोज/रामिला तथा महिला डबल्स (९ टिम)मा विजेता रामिला/लिजा र उपविजेता सकुन/पूजा बनेको आयोजकले जनाएको छ ।

पुरस्कार वितरण समारोह अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा सम्पन्न भयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बू, पूर्वउपाध्यक्ष तथा हालका जीआरएनसी अध्यक्ष लिला सेलिङ माबो साथै विभिन्न क्लबका प्रतिनिधि र अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कियाचु यूकेका खेलकुद संयोजक भगिश्वर फागो चोङबाङले प्रशासनिक व्यवस्थापनमा सहयोग गरेका थिए ।
कार्यक्रमको सञ्चालन समन्वयक तथा कियाचु यूकेका उपाध्यक्ष दिपेन्द्र याक्सो र सहसचिव सकुन नेम्बाङले गरेका थिए । उनीहरूले प्रतियोगिताका प्रायोजक, खेलाडीहरू र सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै पुरस्कार वितरण स्थल उपलब्ध गराएकोमा ओजोन रेस्टुरेन्टलाई आभार प्रकट गरिएको थियो ।
