Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
गोर्खा
  • Home
  • गोर्खा
  • बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’
बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, कात्तिक १०, २०८२

लन्डन । बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आइतबार २६ अक्टोबर २०२५ मा आयोजित कार्यक्रम नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले भएको हो । 

सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगर, बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि संजोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगरले संयुक्त रूपमा दिप प्रज्वलन गरेर डिनर नाइट कार्यक्रम उद्घाटन गरेका थिए । 

566525818_4240068012898024_2530839521473495938_n-1761549021.jpg
अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव भक्त राना मगरले सञ्चालन तथा स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताएका थिए भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरतासम्बन्धी प्रकाश पारेका थिए । 

Sanvi jeeler
Maoustail service

साँझको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरू तथा सीएनसीबीजीका उपाध्यक्ष सोब घोताने, दीपक मैथाने मगर र क्याप्टेन वीरबहादुर थापाले आकर्षक प्रस्तुति दिएका थिए ।

कार्यक्रम संयोजक उपाध्यक्ष नेत्र आले रहेको समारोहमा अध्यक्ष थर्क राना मगरले सबै उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीएनसीबीजीको अभियानमा निरन्तर साथ र सहयोगको लागि पुन: आग्रह गरे । 

प्रमुख अतिथि सञ्जोक राईले पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा गौरव अनुभव भएको बताए । 

566597861_1591488761836020_4282823061460599646_n-1761548994.jpg
कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधि र नेपालीहरुको उपस्थिति थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, ग्रेटर रश्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो, किरात राई यायोक्खा यूकेका अध्यक्ष मेजर दिलकुमार राई, आशा राई, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापा, गोर्खा जिल्ला समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस, पूर्वउपाध्यक्ष अनिता रानामगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्पा, वर्तमान कार्यसमितिका महासचिव फ्रम दुरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका अध्यक्ष बम सूर्यवंशी थापा, निवर्तमान अध्यक्ष गोमा राना, तमु धीं यूकेका महासचिव डा विशाल राई, सचिव विमल गुरुङ, गोर्खा अभियन्ता धनबहादुर गुरुङलगायत विभिन्न संघ, संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पेसाकर्मी, पूर्वब्रिटिस आर्मी, पत्रकारलगायतको उपस्थिति थियो । 

566507709_1098342935704309_3618334089272149803_n-1761549019.jpg

566553563_1328174795709601_4120781758783095673_n-1761549015.jpg

566483626_1135274902005028_8707144245879300121_n-1761549010.jpg

566552507_841297048583153_126383745214431948_n-1761548994.jpg

566597861_1591488761836020_4282823061460599646_n-1761548994.jpg

566335552_1389378995899678_3645039775324645803_n-1761549004.jpg

553863735_4077877915804923_5633314729603875215_n-1761549006.jpg

566527098_679196431549726_645595340365413867_n-1761548988.jpg

566471034_1133777152202086_4761916088435941095_n-1761548985.jpg

566473451_863875986074516_4109204847550465435_n-1761548980.jpg

566349980_837344732028128_7752993426410166908_n-1761548979.jpg

566376228_689739327527688_4127190006373520262_n-1761548881.jpg


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप गोर्खा
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र शनिबार, मंसिर २०, २०८२
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल सोमबार, मंसिर १, २०८२
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे' 
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे'  बिहीबार, कात्तिक २७, २०८२
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी बुधबार, कात्तिक १९, २०८२
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट शनिबार, कात्तिक ८, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्