बिहे भएको करिब एक वर्षपछि बल्ल उनको रजस्वला भयो । उतै गुफा राख्ने काम सम्पन्न भयो । बिहेको चार दिनपछि मात्र बल्ल मैले मेरो सङ्गीनी कस्ती छिन् भनेर देख्ने मौका पाएको थिएँ । तीन छोरी, तीन छोराको आमा बनिन् । जेठी छोरी कावेरीको बिहे ललितपुरकै सुन्धारामा भएको छ । जेठो छोरा एयर ट्राफिक कन्ट्रोलर भएर काम गरेपछि अवकाशको जीवन बिताइरहेको छ । माइली छोरी सरकारी विद्यालयमा आजीवन शिक्षिका भएर अहिले अवकाश पाएपछि काठमाडौंमा छिन् । माइला छोरा हेमन्त क्यानाडा, कान्छी छोरी अमेरिका, कान्छो छोरा बेलायतमा बस्छन् ।
एउटा नातिले लामो समय नेपाली युवतीसँग लिभिङ टुगेदरमा बसेर पछि बिहे गरेका छन् भने अर्को एउटा नातिले बिहे नै चर्चमा गएर विदेशी युवतीसँग गरेका छन् । पछि नेपालबाटै गएका एक ब्राम्हणलाई भारतीय मन्दिरमा लगेर यतैको परम्परागत प्रक्रिया पनि पूरा गराएको थियो । त्यस्तो बेलामा म मेरो बिहेको क्षण सोच्छु । दुनियाँ कहाँबाट कहाँ पुग्यो । मेरो जीवनकालमै कति धेरै परिवर्तन देखेँ । कुनै कुनै गुरुङ र मगर गाउँमा पुग्दा त सिनित्तै बढारेर लगेजस्तो युवा नै देखिँदैनथे । जताततै बुढाबूढी र केटाकेटी मात्र हुन्थे ।
भर्ती भएका गोर्खा जवानमध्ये ७ हजार ५४४ जनाको दोस्रो विश्वयुद्धमा मृत्यु भएको थियो भने १ हजार ४४१ जना लापत्ता भएका थिए । २३ हजार ६५५ जना घाइते बन्न पुगेका थिए । त्यसबेला भर्तीमा जाने लाहुरेहरुको सर्वाधिक सङ्ख्या गण्डकी भेग नै थियो ।
नेपालमा सिङ्गो मुलुकको जनसङ्ख्या ८५ लाख हुँदा दोस्रो विश्वयुद्ध अवधिभर २ लाख ५० हजारभन्दा बढी जवानहरु ब्रिटिस गोर्खामा भर्ती भएका थिए । बेलायती संसद्को सन् १९८९ को मार्च २ तारिख प्रस्तुत प्रतिवेदनले यो तथ्याङ्क उल्लेख गरेको थियो ।
संसारै नदेखेका आमाहरुले बनाएको गीत, 'लाहुरेको काँधै झोला, हान्छ क्यारे जर्मनले बमगोला'
गाउँलेहरुको तथ्याङ्क लिन गाउँगाउँ पुग्नुभएका सत्यमोहन जोशीको पुस्तक पढ्दापढ्दै म आफै गोर्खा सिपाही बाउबाजेको बाध्यता, वीरता, शासकवर्गले उठाएको फाइदा सबै एकै पटक मेरो शीरमा भुमरी पर्दछ । तिनै सपूत छोराहरु हुन्, जसले नेपाललाई वीर योद्धाहरुको जन्मभूमि भनी विश्वसामु चिनाए । १३ वटा भिक्टोरिया क्रस जित्न सफल भए । त्यही वीर पुरुषहरुका सन्तानलाई तत्कालीन शासकवर्गले वंशजको नागरिकताबाट बञ्चित गरिरहेको छ ।
धन्न सत्यमोहन जोशीको पुस्तकमा गोर्खाहरुबारे, तमुहरुको रोधीँ, एकै लाइन भए पनि डा.हर्क गुरुङको बारे राख्नु भएकोमा न्यायको अनुभूति भएको छ ।
१७ वर्षकै उमेरमा नेपाल छाडेका अरनिकोबारे पनि यस पुस्तकमा पढ्न पाइन्छ । इटालियन विद्वान् लुसिनो पेटिक नेपाल आएको अनि "मेडिभल हिस्ट्री अफ नेपाल" भन्ने ग्रन्थै तयार पारेको पनि उल्लेख छ ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा कार्यरत रहँदा खस सभ्यताको मूल खोज्दै कर्णाली पुगेको पाटो पढ्नै पढ्छ । मेलै धेरै सिकेँ । असहज परिस्थिति, अति दुर्गम ठाउँ, आफ्नै कार्यालयका कर्मचारीहरुबाट पनि अविश्वास भएको अवस्थालाई आँट र हिक्मत गरी सत्यमोहन जोशी कर्णालीको सिन्जा खोला पुगेरै छाडे । त्यही ठाउँको बारे पाँच बटा पुस्तक लेखियो र पाँचै जनाले २०२९ सालमा मदन पुरस्कार पाए । जोशी नै नेपालका पहिलो व्यक्ति जसले तीन पटक मदन पुरस्कार पाएका थिए ।
मुलुकको हुलाक इतिहासमै राजपरिवार बाहेकका कुनै पनि व्यक्तिको जीवित अवस्थामै प्रकाशित भएको पहिलो टिकट सत्यमोहन जोशीकै हो ।
१०२ वर्ष लामो उमेर पाउनुभएका सत्यमोहन जोशीको जीवनीलाई लेखक गिरीश गिरीले अति नै उत्तम ढाँचामा प्रस्तुत गर्नुभएकोछ । उहाँको त्यति लामो अनुभव एउटै पुस्तकमा राख्दा पक्कै पनि अटाउँदैन । लाग्छा अर्को भाग पनि आउँछ होला ।
म बन्दुक र बारुदसँग हुर्केको एउटा सिपाहीले पनि यतिको बुझे र प्रेरित भएको छु भने जन्मदेखि नै सफा कापीकलम हातमा र किताब पढ्ने बर्गले अवश्य धेरै यो पुस्तकबाट सिक्न सक्छ । अझै पढ्नुभएको छैन भने पढ्न अनुरोध गर्दछु।