अल्डरसट । तमु धीं यूकेको इकाई हेम्पसायर सरेको नयाँ नेतृत्व चयन भएको छ। बिहीबार १८ सेप्टेम्बरमा तमु धीं यूकेको भवन मिचेटमा भएको विशेष कार्यक्रमबाट महेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
उपाध्यक्षमा विजय गुरुङ, सचिवमा सोम गुरुङ, कोषाध्यक्षमा सञ्जय गुरुङ, युथ कोअर्डिनेटरमा संगम घले तथा सदस्यहरूमा अमित गुरुङ, जापान गुरुङ र कृपा गुरुङ निर्वाचित भएका छन् । तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले समिति घोषणा गरेका थिए ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नयाँ समितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए । उनले निवर्तमान अध्यक्ष उत्तर बहादुर गुरुङ र उनको कार्य समितिलाई पनि धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा तमु धीं यूकेका पूर्व अध्यक्षहरू रामचन्द्र गुरुङ र ग्याम गुरुङ, ट्रष्टी सूर्य गुरुङ, तमु फोरम यूकेका डाइरेक्टर क्या. राजु गुरुङ, निवर्तमान हेम्पसायर सरे अध्यक्ष उत्तर बहादुर गुरुङ, सल्लाहकार ले. मुत्तिजंग गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, युथ लिडर एनआरएनए लन्डन अध्यक्ष एलबिजेडको उपस्थिति थियो ।
नवनिर्वाचित अध्यक्ष महेन्द्र गुरुङले आफ्नो जिम्मेवारीप्रति बफादार भएर तमु धीं यूके र हेम्पसायर सरे इकाईको उन्नति र प्रगतिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनी लामो समयदेखि तमु धीं यूके, कोल्मा बाहाकोट समाज, राँगभाँग समाज यूके, स्याङ्जा जिल्ला समाज, एनआरएनए यूकेलगायत संघसंस्था र सामाजिक कार्यमा आबद्ध छन्।

महेन्द्र गुरुङ हेम्पसायर सरे इकाईको पाँचौँ अध्यक्ष हुन्। यसअघि नन्दजंग गुरुङ, ले. यादव गुरुङ, जुमकाजी गुरुङ र उत्तर बहादुर गुरुङ हेम्पसायर सरे इकाईको अध्यक्ष भइसकेका छन् ।