लन्डन । तमु समाज यूकेले विशेष कार्यक्रमसहित आगामी ४ अक्टुबर २०२५ मा स्थापना दिवस मनाउने भएको छ ।
समाज स्थापना भएको १९ वर्ष प्रवेशको अवसरमा बरहाम पार्क लन्डनस्थित तमु समाज युकेको भवनमा औपचारिक समारोह आयोजना गरिने समाजले जनाएको छ ।कार्यक्रम बेलुकी ५ बजे सुरु हुने छ ।
समाजकी अध्यक्ष विन्दु कुमारी घले गुरुङले स्थापना दिवसको कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी छन् । 'तमु समाज युके सन् २००७ मा स्थापना भई, ३० सेप्टेम्बर २०१५ मा १८ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको सुखद् उपलक्ष्यमा आयोजना हुने स्थापना दिवस विशेष कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं,' सूचनामा लेखिएको छ, 'यस कार्यक्रममा संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारी, ट्रस्टीज, सल्लाहकार, आमा समूहका अध्यक्षलगायत आमा समूहका सदस्यहरू, युवा समूहका अध्यक्ष तथा युवा समूहका सदस्यहरू, साथै तमु समाज युकेका समस्त आजीवन सदस्यहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण मानिनेछ । तसर्थ, यस ऐतिहासिक दिनलाई अझ भव्य बनाउनको लागि तपाईंको सहभागिता अमूल्य रहनेछ ।'
मूलत: बेलायती सैन्यसेवामा आबद्ध, अवकाश प्राप्त र केही गैरसैनिक बेलायतवासी तमुबन्धुहरुको सामूहिक प्रयासबाट तमु समाज युकेको जन्म भएको हो । ३० सेप्टेम्बर २००७ मा तमु धिं युके लन्डन शाखाको रुपमा जन्मिएको यो संस्था अहिले बेलायतको च्यारिटी कमिशनमा दर्ता भएर तमु समाज युके बनेको छ ।


-1757746085.jpeg)
सन् २००४ मा भूतपूर्व गोर्खाहरुले बेलायतमा आवासीय अधिकार पाउन सुरु भएपश्चात् तमु समुदायका मानिसहरु गाउँ छाडेर बेलायत जानेक्रम बढ्यो । तमुहरुको बसाई बढ्दै जाँदा आवश्यकता र समस्याहरु पनि बढ्दै गए । बसाईको परिवेश फेरिन सक्छ । भूगोल फेरिन सक्छ । दृष्यहरु फेरिन सक्छन् तर जाति, भाषा, धर्म, संस्कार, संस्कृति कहिल्यै फेरिंदैन । यही ध्रुवसत्य तथ्य बेलायतमा बसाई सरेका तमु समुदायमा पनि देख्न सकिन्छ । बसाई बेलायतको भए पनि आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र चालचलन जस्ता विषयवस्तुले मौलिक आधारमै निरन्तरता पायो । जन्मदेखि मृत्युसम्मका संस्कारले गाउँ घरमा जस्तै बेलायतमा पनि स्थान पायो । बाक्लो हुँदै गएको तमु समुदायको बसाईका कारण उत्पन्न समस्याको समाधान खेज्ने क्रममा यी सबै विषयहरुको व्यवस्थापन हुन सकेको हो । खासगरी सामूहिकतामा विश्वास राख्ने तमु समुदायका सबै पक्षको व्यवस्थापनका लागि औपचारिक संस्थाको खाँचो पर्छ । यस्तै खाँचो, तमु धिं, लन्डन शाखा यूके जन्माउने त्यसबेलाका केही कर्मठ व्यक्तित्वहरुमा महसुस भयो । यसैको फलस्वरुप अहिले तमु समाज युकेको संस्थागत अस्तित्व हामी सबैमाझ कायम छ ।
समुदाय र संस्कृति भन्ने विषय नङ र मासु जस्तै एकआपसबाट छुट्टिन नसक्ने विषय बस्तु हुन् । यही सत्यमा व्यक्तिको पहिचान अडिएको हुन्छ । जन्मदेखि मृत्युसम्म गरिने संस्कारजन्य कार्यक्रमहरु मात्र हैन, बिभिन्न चाड पर्वका बेला पनि सामुहिकताको महत्व सिद्ध हुन्छ। तमु समाज युकेले पनि यस्तै सामुहिकताको सिद्यान्तलाई आत्मसाथ गर्दै आफ्ना गतिविधीहरु अनवरत रुपमा अगाडी बढाउँदै आएको छ।
सन् २०१२ जुलाई ७ मा समपन्न संस्थाको बार्षिक साधारणसभाले गरेको निर्णयसँगै १० डिसेम्बर २०१२ मा तमु समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको हो। तमु धिं लण्डन शाखा युकेबाट तमु समाज युकेमा परिवर्तन भएको संस्था अहिले सामाजिक सेवामा पुर्ण समर्पित रहेको छ। तमु मात्र हैन, बेलायती भूमिमा बसोबास गर्ने अन्य जात जातिमा परेको दुख कष्टमा पनि तमु समाज युकेले सहयोगी हात फैलाउँदै आएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमी, स्वर्ग भन्दा पनि महान हुन्छ। यो भावनालाई तमु समाज युकेले आत्मसाथ गर्दै आएको छ। मातृभूमी नेपाललाई सेती बाढीले बगाएको बेला होस या भूकम्पले तहस नहस पारेको बेला नै किन नहोस, हरेक खाले प्राकृतिक बिपत्तीमा तमु समाज युकेले आवस्यकता अनुसारको सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। २०७२ सालको बिनासकारि महाभुकम्पको समयमा यस समाजले लण्डनको सडक सडकमा आर्थिक संकलन गरेर गोर्खा, कास्की र लमजुङ जिल्लाका भुकम्प पिडितहरुलाई झन्डै १५ लाख रुपैयको राहात उपलब्ध गरेको थियो। यसैगरि भुकम्प पछिको पुनर निर्माणमा धाधिङ जिल्लामा १७ लाखको लागतमा बिध्यालय भवन निर्माण गरि सहयोग गरेको छ। यसरी बिगत दस बर्षको सेवा अबधिमा यस समाजले समग्रमा परोपकारको क्षेत्रमा लगभग एक करोड भन्दा बढि आर्थिक सहयोग गरि सकेको छ।
समाजले तमु ल्होछार, ट्होंटे पर्व, भाषा प्रशिक्षण कक्षा, रोजगारिका निम्ति बृत्ति बिकासका कक्षाहरु तथा बिबिध समसामायिक बिषयहरुमा अन्तरकृय कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।यसको अतिरिक्त तमु समाज युकेले विभिन्न आयमुलक च्यारिटी कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ। श्रीपञ्चमीका दिन सुरु गरि बैशाख पूर्णिमाका दिन समापन गरिने घाँटु नृत्यले पनि तमु समुदायमा विशेष साँस्कृतिक महत्व राख्छ । यो सन्दर्भ पनि तमु समाज युकेको प्राथमिकतामा पर्दै आएको छ। जसको फलस्वरुप अनुकुल समयमा बाह्रमासे घाँटु नृत्यको प्रस्तुती र प्रर्दशनी समाजको सक्रियतामा गर्दै आएको छ। यस संस्थाले बिगतमा रारा काप फुटबल प्रतियोगिता, अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ।
समुदाय जहाँ बस्छ, त्यसले आफु अनुकुलको वातावरण आफै तयार पार्छ तर संयोजन र व्यवस्थापनको पाटो मिलाउन अति जरुरी हुन्छ। तमु समाज युकेले यस्तै खाले अभिभावकीय भूमिका पुरा गरेको छ। नेपालका गाउँ घरमा गुञ्जयमान हुने लोक गीत संगीतले बेलायती भूमीमा पनि प्राथमिकता पाउनु यहि अभिभावकीय भूमिकाको प्रतिफल हो। बेलायती भूमीका अलावा मातृभूमि नेपालका विभिन्न संघ संस्थासंगको सहकार्यमा पनि तमु समाज युकेको सक्रियता जारी छ। हरेक बर्षको पौष १५ मा मनाईने तमु ल्होछारका अवसरमा तमु धिं नेपालले गर्दै आएको सडक दौड प्रतियोगीतालाई आर्थिक रुपमा सघाउन पोखरामा एक लाख पचास हजार रुपैञको अक्षय कोष स्थापना गरेको छ। स्वदेसमा बेलाबखत हुने धार्मिक, साँस्कृति तथा सामाजिक कृयाकलापहरुमा समेत समाजले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। समाज सेवा लगायतका विभिन्न कल्याणकारी उद्देश्यसहित आफ्नै स्वतन्त्र छविका साथ स्थापना भएको भए पनि विभिन्न संघ संस्थाहरुसंगको संस्थागत सद्भावलाई सकारात्मक स्तरमा कायम राखि रहन तमु समाज युके हर सम्भव प्रयत्नरत रहेको छ।
सामुदायिक अभियानको नेतृत्व र पहल केही सक्रिय व्यक्तित्वहरुले लिने भए पनि पुरै समुदायको सहयोग र सदभाव बिना केही हुंदैन। यहि तथ्यलाई मनन् गर्दै तमु समाज युकेका सबै सदस्यहरु सक्रियतापूर्वक समाजका कार्यक्रमहरुमा सहभागी हुँदै आएको पाईन्छ। समाजको बिकासमा आमा समूह र युवा समूहको सकृयता र सहभगिताको महत्वपूर्ण भुमिका रहेको छ। समय र परिस्थितिको चाल अनुसार जन्मभूमी भन्दा टाढिनु परे पनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा तथा आपसी भाईचारालाई सजिव बनाई राख्न सफल देखिएको छ तमु समाज युके र यसमा आवद्ध सबै सदस्यहरु। बेलायतमा बसोबास गर्ने तमु तथा नेपाली समुदाय बेलायती रहन सहनमा भिज्नु पर्ने बाध्यता छ। त्यो भन्दा अझै ठूलो बाध्यता हो, आफ्नो पनलाई जोगाई राख्नु। यो विषय निकै गम्भिर र कठिन पनि छ। यसको एक मात्र विकल्प भनेकै सामुहिक र सामुदायिक पहल हो। बेलायतमा नेपालीहरुले बेलायति जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतीलाई सदा जोगाईराख्न र भाबि पुस्तामा यसको हस्तान्तरण गर्नु पर्ने महत्वपुर्ण जिम्मेवारि प्रत्येक संघ संस्थाको रहेको छ। यस कार्यमा तमु समाज युके निरन्तर रुपमा लागिरहेको छ।
सन २००७ स्थापना भई बेलायतको च्यारिटि कमिसनमा २०१२मा बैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दु:ख र सुखमा साथ दिंदै आएको छ। बिपत्तिका बेला अर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जिवन बिताईरहेका स्वदेसका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ। तमु समाज युकेले गत बर्ष दशौं बार्षिकउत्सव भब्यताका साथ मनायो। तमु समाज युकेको सामाजिक सकृयता र बिगत १० बर्षमा यसले हाँसिल गरेका उपलब्धिहरु गर्ब गर्न लायक छन्। यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्न गर्न तमुहरुको महान पर्व तमु ल्होछार लगायत नेपाली नयाँबर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तिज, बैषाख पुर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई ठुलो महत्व र भब्यताकासाथ मनाउदै आएको छ, जसले गर्दा प्रवासमा हाम्रा भावि पुस्तालाई आफ्नो मात्रृ भूमि एबं भाषा, संस्कार, संस्कृति र परंम्परा सधै स्नेह र श्रद्दाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस भन्ने तमु समाज युकेको चाहाना रहेको छ।
यस समाज आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्न गर्दै स्वदेस तथा प्रवासमा बिभिन्न संस्कृतिक, सामाजिक तथा परोपकारि कार्यहरु गर्दै, संयुक्त अधिराज्यमा बेलायति रहन सहन र जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुँदै, लण्डनको स्थानिय बेलायतिहरुको मान पनि जितेको छ। फलस्वरुप तमु समाज युकेले लण्डन बरो अफ ब्रेन्ट काउन्सिल बाट कम्युनिटि एसेट ट्रन्फर योजना अन्तर्गत एक समुदायिक भवन प्राप्त गर्न सफल भएका छ। सम्भवता स्थानिय सरकारबाट नेपाली समाजिक संस्थाले लण्डनमा यसरि सामुदायिक भवन प्राप्त गरेको यो पहिलो हो। लन्डनको अति महत्वपुर्ण स्थान वेम्बलि सडबरिमा अवस्थीत रहेको उक्त भवन लाई तमु समाज युकेले सुबिधा सम्पन्न रिनोभेसन निर्माण कार्य पुरा गरि तमु समाज युके नेपलीज कम्युनिटि सेन्टर नामाकरण सहित ब्रेन्ट काउन्सिल लिडरको बाहुलि बाट समुदघाटन गरेर पुर्ण रुपमा सामुदयिक प्रयोगमा ल्याएको छ। यसको अतिरिक्त तमु समाज युकेले लण्डनमा आफ्नै किसिमको नेपाली तथा तमु पहिचान बोकेको केहि सामाजिक संम्रचनाहरु होस भन्ने चाहान्छ र एक बहुउदेस्शिय तमु समाजिक भवन होस भन्ने पनि चाहान्छ। यसकारण तमु समाज युकेले बेलायतको राजधानी लण्डनमा आफ्नो एक सामाजिक भवन निर्माण गर्ने महत्वकांक्षी परियोजनामा केही वर्ष देखी निरन्तर लागिरहेको छ र यसको निम्ति समाजका सदस्यहरु तथा अन्य सहयोगी दाताहरुबाट एक लाख पाउण्ड भन्दा बढि आर्थिक संकलन गरि सकेको पनि छ।
संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको नेतृत्वकालमा स्थापना भएको यो संस्थाले पूर्ब अध्यक्ष शिबशरण गुरुङको नेतृत्वकालमा बेलायति च्यरिटि कमिसनमा बिधिवत दर्ता भई निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङको कार्यकालमा स्थानिय सरकारबाट सामाजिक भवन प्राप्तगरि संस्थाको दशौं बार्षिकउत्सव भव्यताकोसाथ मनाएको छ र यस बर्ष मई २०१८ देखि बर्तमान अध्यक्ष शिव चन्द्र गुरुङको नेतृत्वमा हर प्रकारका परोपकारि तथा सामाजिक कार्यहरु गर्न निरन्तर लागिरहेको छ। झण्डै पाँचसय आजीवन सदस्यहरु रहेको यस संस्थामा स्थापनाकाल देखि बर्तमान सम्म बिभिन्न चरणका कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समुहका पदाधिकारिहरु, युवा समुहका पदाधिकारिहरु र सम्पुर्ण सदस्यहरुले अ-आफ्नो क्षेत्रमा निस्वार्थ भावबाट समाजको सेवागरि उल्लेख्य योगदान पुराएको छ र सामाजिक सेवाको कार्यमा तमु समाज युके समूहिकरुपमा निरन्तर अघि बढिरहेको छ ।