काठमाडौँ । नेपालको संसद्, सर्वोच्च अदालत र सिंहदरबार प्रदर्शनकारीको कब्जामा पुगेको छ ।
जेनजी पुस्ताको प्रदर्शनको क्रममा प्रदर्शनकारीले राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन् ।
प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका भवन अहिले पनि जलिरहेका छन् । आगो निभाउने प्रयाससमेत भएको छैन ।
परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
प्रदर्शनकारी दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए । अहिले आगो दनदन दन्किरहेको छ । सिंहदरबारको छानोसम्मै आगो फैलिएको छ ।
सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मुख्य–मुख्य कार्यालय र विभागहरू थिए । त्यहाँका फर्निचरसहित महत्त्वपूर्ण कागजपत्र जलेका छन् ।
सिंहदरबार क्षेत्र क्षेत्रभित्रको गृह मन्त्रालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यस्तै, प्रदर्शनकारीले दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरे भने सर्वोच्च अदालतमा पनि तोडफोड र आगजनी गरेका थिए ।
सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।
प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनरत जेनजी पुस्तालाई अपिल गरेका छन् ।
परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।