Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Tue 14, October, 2025 मंगलबार, असोज २८, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • कीर्तिमानी धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन
कीर्तिमानी धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, साउन ३०, २०८२

पोखरा । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्वअध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौडको खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । 

गुरुङले प्रथम पुरस्कारबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने भएका हुन् । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दिननाथ बरालबीच उक्त सम्झौता शुक्रबार आदानप्रदान गरिएको छ । 

पर्वत जिल्ला खाल्टेमा जन्मिएका गुरुङ बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवर्द्धनमा निरन्तर सक्रिय छन् । ‘कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,’ गुरुङले भने । 

पूर्वअध्यक्ष थकालीले गुरुङको सहयोगलाई प्रशंसनीय र प्रेरणादायी भन्दै खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न उनको योगदान अविस्मरणीय रहेको बताए । प्रतियोगिताका संयोजक बरालले विदेशबाट पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको बताए । 

Sanvi jeeler
Maoustail service

अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर वृद्धि भएको र बाँकी पुरस्कार प्रायोजनका लागि विभिन्न संघ–संस्थालाई आह्वान गरेको पनि उनले सुनाए।  सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलगायतको सहभागिता थियो ।

को हुन् गुरुङ?
लेफ्टेनेन्ट कुसाङ गुरुङले लगातार तीन पटक मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन जित्ने कीर्तिमान बनाएका छन् । एभरेस्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल भएका छन् । 

पिता दिलबहादुर र माता धनसिरीको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिएका कुसाङ बाल्यकालदेखि नै भद्र, शालीन र आज्ञाकारी स्वभावका थिए । उनले प्रारम्भिक शिक्षा जनज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरी माध्यमिक तह त्रिशहीद माध्यमिक विद्यालय, पञ्चमूल, स्याङ्जाबाट पूरा गरेका हुन् । 

सन १९८३ मा बेलायती सेनामा भर्ती भई टीडीबीजीको आधारभूत तालिम सकेपछि २/२ गोर्खा राइफल्समा नियुक्त हुनु भएका थिए । गुरुङले सन् १९८९ मा उत्कृष्ट एनसीओका रूपमा ‘प्यारिस ट्रफी’ प्राप्त गर्न सफल भए । सन् १९९४ मा दोस्रो र छैटौँ गोर्खा राइफल्सको समिश्रण भएपछि पहिलो रोयल गोर्खा राइफल्समा परिणत भए । 

प्रशिक्षकका रूपमा उत्कृष्ट योगदानका लागि सन् १९९५ र सन् १९९६ मा लगातार दुई वर्ष ‘कमान्डर ट्रफी’बाट विभूषित भए । फकल्यान्ड आइल्यान्डमा तैनाथ हुँदा ‘कमान्डर फकल्यान्ड आइल्यान्ड कमेन्डेसन’बाट उनको कार्यको उच्च प्रशंसा गरिएको थियो ।

सेनाको आदेशपालन र नेतृत्व क्षमताका कारण पल्टनका आरएसएम हुँदा नै २००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टेनेन्ट पदमा पदोन्नति प्राप्त गरे । सन् १९९१–१९९३ मलेसियाको ‘कोटा किनाबालु धावन प्रतियोगिता’ लगातार तीन वर्ष जित्ने कीर्तिमान (गिनिज वल्र्ड रेकर्ड) कायम गरेका गुरुङ ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री १० पटक भन्दा बढी विजेता भएका थिए । 

ब्रिटिस फोर्सेस रोड रेस विजेता, ब्रिटिस आर्मी क्रस कन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथलेटिक्स समूह स्वर्ण पदक, हङकङ ‘फोर पिक रेस’ कीर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन रजत पदक, १२ म्याराथन र २३ हाफ म्याराथन पूरा गर्दै समाजसेवामा सक्रिय गुरुङ विभिन्न प्रतिष्ठित संस्थामा आबद्ध छन् । 

उनी सहारा यूके, चार भन्ज्याङ तमु समाज यूके, एनआरएन यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी, पर्वत वेलफेयर सोसाइटीको सल्लाहकारसमेत रहेका छन् । गोर्खा कप, नेपाली मेला, ल्होछार महोत्सवदेखि तमु प्रतिष्ठानका परोपकारी भोजसम्म उनले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
विश्वकप छनोट: यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
विश्वकप छनोट: यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित आइतबार, असोज २६, २०८२
विश्वकप छनोट: जापानलाई हराउँदै नेपालले जोड्यो २ अंक 
विश्वकप छनोट: जापानलाई हराउँदै नेपालले जोड्यो २ अंक  शुक्रबार, असोज २४, २०८२
फुटबल: एसियन कप छनोटमा भियतनामसँग नेपालको हार
फुटबल: एसियन कप छनोटमा भियतनामसँग नेपालको हार बिहीबार, असोज २३, २०८२
विश्वकप छनोट: नेपालको विजयी सुरुआत
विश्वकप छनोट: नेपालको विजयी सुरुआत बुधबार, असोज २२, २०८२
मलेसियामा जारी कराते सिरिज ए मा एरिका गुरुङले जितिन् स्वर्ण
मलेसियामा जारी कराते सिरिज ए मा एरिका गुरुङले जितिन् स्वर्ण शुक्रबार, असोज १७, २०८२
वेस्ट इन्डिजलाई हराउँदै नेपालले जित्यो ऐतिहासिक शृंखला
वेस्ट इन्डिजलाई हराउँदै नेपालले जित्यो ऐतिहासिक शृंखला सोमबार, असोज १३, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्