Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • २२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, साउन १६, २०८२

काठमाडौं । कास्कीको पोखरामा आयोजना हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ। 

आगामी भदौ २९ गते आयोजना हुने अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्धनका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे । 

पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए । उनले भने-‘पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर हो । देशको प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुँदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मलाई विश्वास छ। यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ ।’

पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुने गरेको भन्दै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए ।

Sanvi jeeler
Maoustail service

त्यस्तै मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौं बाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै तथापी अवार्डलाई देशब्यापी रुपमा आयोजना गर्ने उदेश्यले चुनौती स्विकार गरेको बताए । उनले पोखरा महानगरपालिकाको साथका कारण अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए । अध्यक्ष अधिकारीले भने, “यो वर्ष पोखरा भ्रमण पनि भएकोले त्यस अभियानमा अवार्डले थप सहयोग पुर्याउन सक्नेछ ।”
 
अवार्डलाई प्रवर्द्धकको रुपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे । 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ ९एआइपिएस एसिया० को नियमित क्यालेन्डर इभेन्ट हो । 

यसैगरी एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए । उनले केन्द्रिय अवार्ड आयोजनाका सबै पक्षमा संलग्न हुन त्यसले भविष्यमा गण्डकी स्पोर्ट्स अवार्डका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष आस्थाले अवार्ड आयोजनाका लागि पोखरा रोजेकोमा मञ्च केन्द्रलाई धन्यवाद दिए । साथै उनले प्रवर्द्धकको रुपमा सहयोग गरेकोमा महानगरपालिकालाई पल्सर स्पोर्ट्स अवार्डमा स्वागत गरे ।

522987659_1249451249723897_4339228154890725253_n-1754024234.jpg
 

त्यसैगरी महासचिव खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्वपूर्ण र सशक्त सहर भएको विचार राख्दै अवार्डको सफलताका लागि सम्पूर्ण पोखरेली पत्रकारहरुलाई सहयोगको आह्वान गरे ।

अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी गराए । अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विधा समावेश छन् । 

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए । 


प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्