मिडल्यान्ड । विश्व नेपाली साहित्य महासंघ, मिडल्यान्ड शाखा, बेलायतको अध्यक्षमा भरतकुमार श्रेष्ठ ‘विवश’ भएका छन् ।
विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मस्थल स्ट्राटफोर्ड अपन एभनमा शनिबार आयोजित विशेष समारोहमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
महासंघका पूर्वअध्यक्ष विश्वासदीप तिगेला प्रमुख अतिथि र केन्द्रीय उपाध्यक्ष विजय हितान विशेष अतिथिका रूपमा सहभागी थिए ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा बाबुराम भुसाल ‘शिल’, प्राडा ओम कुर्मी, हरिशचन्द्र नेपाली सचिवमा प्राडा प्रदीप लामिछाने, उपसचिव ललित परियार तथा कोषाध्यक्षमा कल्पना दाहाल चयन भएका छन् ।

सदस्यमा एलिना संग्रौला, ज्ञानु दाहाल, सत्य श्रेष्ठ, प्रकाश आचार्य, सीता पौडेल, राजन खनाल, सरोज पौडेल र कला पोखरेल रहेका छन् ।
कथाकार, कवि, निबन्धकार, कवि एवं गजलकार डा. टिका भण्डारी र गजलकार डा. सुधा शाही सल्लाहकार रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कार्यक्रममा अमेरिकालगायत विभिन्न देशबाट सहभागी भएका साहित्यकार, प्राज्ञिक वक्ता र साहित्यप्रेमीलाई धन्यवाद दिए । उनले नेपाली साहित्यको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।