लन्डन । तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले २३ औं गोर्खाकप सफल भएको भन्दै सहयोग सबैलाई कृतज्ञता तथा आभार प्रकट गरेका छन् ।
अध्यक्ष गुरुङले एक सन्देश जारी गर्दै २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा सम्पन्न गोर्खाकपका विजयी र सहभागी खेलाडी, अतिथिहरु, प्रायोजक, व्यवस्थापनमा खटिएका कार्यसमिति, स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मिडियाकर्मी, शुभचिन्तकलगायत सबैलाई आभार व्यक्त गरेका हुन् । 'यस प्रतियोगितामा विजेता, उपविजेता टिम, उत्कृष्ट खेलाडी र टिम म्यानेजरसहित सबै सहभागीलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु साथै कार्यक्रममा उपस्थित भइदिनुभइ शोभा बढाइदिनु हुने प्रमुख अतिथि, बेलायतको लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरे ज्यु , विशेष अतिथिहरु र बिभिन्न सघ सस्थाहरु बाट सहभागि हुनु भएको अध्यक्ष्य ज्युहरु प्रतिनिधी ज्युहरु र सबै दर्शकहरु लाई पनि हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौं,' उनले भनेका छन्, 'गोर्खाकपले बेलायत र मुलुक बाहिरसमेत आफ्नो पहिचान स्थापित र विस्तार गर्न सफल भएको छ । यसरि कार्यक्रम सफल हुनु र हरेक वर्ष प्रतियोगितालाई निर्विवाद एवं सानदार ढंगले सम्पन्न गर्नुमा तपाईं÷हाम्रो निःस्वार्थ साथ सहयोग, आर्थिक, नैतिक र भौतिक नै प्रमुख कारण हो भन्ने हामीले ठानेका छौं ।

विशेषतः गोर्खा कपलाई प्रायोजन गर्नुहुने संघ, संस्था र ब्यक्तिहरु स्टल राखेर सहयोग गर्ने व्यवसायी, रेस्टुरेन्ट एवं कार्यक्रमलाई कुशल नेतृत्व प्रदान गर्नुहुने गोर्खाकप संयोजक तथा तमुधीं यूकेका खेलकुद क्या दिपक घले र वहाको टिम कार्यसमितिको साथीहरु संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, ट्रस्टिजज्युहरु , सल्लाहकारज्युहरु आजीवन सदस्यज्युहरु, इकाइका अध्यक्षज्यूहरू, आमा समूहको अध्यक्ष ज्यु र पूर्वअध्यक्षहरु, वर्तमान कार्यसमिति, इकाइहरु र प्रतियोगिताभर विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्नुहुने स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मिडियाकर्मी, शुभचिन्तकलगायत सबै–सबैमा हार्दिक आभार धन्यवाद दिन चाहन्छौं ।'
आउने वर्षहरुमा गोर्खाकपलाई निरन्तरता दिने र अझ व्यवस्थित ढंगले सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाउँदै अध्यक्ष गुरुङले सबैको सल्लाह, सुझावहरू गोर्खाकपका आगामी संस्करणका लागि अवश्य मार्गदर्शन हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सबैको साथ र सहयोग मिल्ने कुरामा तमुधीं युकेले अपेक्षा लिएको बताए ।

